Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदक्षिण एसियाली किकबक्सिङ प्रतियोगितामा भाग लिन नौ सदस्यीय नेपाली टोली भुटान प्रस्थान

दक्षिण एसियाली किकबक्सिङ प्रतियोगितामा भाग लिन नौ सदस्यीय नेपाली टोली भुटान प्रस्थान


काठमाडौं । भुटानमा हुनलागेको पाँचौँ दक्षिण एसियाली किकबक्सिङ प्रतियोगितामा भाग लिन नौ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेका थिए ।

सदस्यसचिव घिसिङको बिदाइपश्चात् उनीहरू बिहीबार भुटान गएका हुन् । नेपाल सो–क्योकुसिन कराँते संघले उक्त प्रतियोगितामा भाग लिनका लागि देशभरबाट छनोट भएका छ जना खेलाडी र तीन जना अफिसियल कर्मचारीलाई भुटान पठाएको हो । भुटानमा यही अगष्ट २० र २१ मा निङ्गा स्पोर्ट फेरेडेसन तथा इन्टरनेसनल अल स्पोट्र्स गेम फेरेडेसनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुनलागेका हो ।

प्रतियोगितामा भाग लिन नेपालबाट राजकुमार श्रेष्ठ, जगत बहादुर धामी, भुवन हायू, दल बहादुर घले, मुकेश लुईँटेल, जयराम ब्लोन, कविन देसाई, सिवानी श्रेष्ठ र कसिस कुमारी क्षेत्री भुटान गएको नेपाल सो–क्योकुसिन कराँते संघका अध्यक्ष राज कुमार श्रेष्ठले जनाकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया