काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रुचि नदेखिएको बताएका छन् । १५औँ पुस्तकालय दिवसको अवसरमा मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गएको बताएका हुन् । ‘अहिलेको पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गएको छ’, उनले भने, ‘पुस्तक पढ्ने रुचि हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्रमा कमजोर हुने अवस्था आयो ।’
पुस्तक एवं पत्रपत्रिका पढ्ने हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाई हिँड्ने चलन सुरु भएको बताए । ‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्नेतिर पछिल्लो पुस्तामा हराउँदै गयो’, उनले भने, ‘त्यसले सामाजिक समवेदना र जिम्मेवारीबोध, संस्कार र संस्कृति हराउँदै गयो ।’ आधुनिकीकरणको नाममा संस्कार र संस्कृति भुल्ने पुस्तकहरू पढ्ने, धारणा बनाउनेजस्ता क्रियाकलापहरू कमजोर हुँदै गएको उनको भनाइ छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औँ पुस्तकालय दिवस मनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया