‘ठमेल पर्यटन भेट्रान्स फुटबल कप’ प्रतियोगिता हुने
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ‘ठमेल पर्यटन भेट्रान्स फुटबल कप’ प्रतियोगिता हुने भएको छ । खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवर्द्धन गर्नका लागि फुटबल कप प्रतियोगिता आयोजना गरेको परिषद्ले जनाएको छ ।
परिषद्ले पत्रकार सम्मेलन गरी आगामी असोज ९ देखि ११ गतेसम्म लैनचौर फुटबल मैदानमा प्रतियोगिता हुने जानकारी गराएको हो । परिषद्का उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रश्रय राजभण्डारीले प्रतियोगितामा ठमेल क्षेत्रका दुई टिमसहित काठमाडौँ, पोखरा, धरान, चितवनलगायत देशभर मुख्य सहरका २० टिमको सहभागिता रहने बताए । ४० वर्ष उमेर कटेका खेलाडीको सहभागिता रहने उक्त खेलमा टिम दर्ताका लागि १० हजार रूपैयाँ तोकिएको छ भने टिम दर्ता अवधि असोज २ सम्मलाई दिइएको छ । संयोजक राजभण्डारीका अनुसार खेल सेमिफाइनलसम्म ४० मिनेटको र फाइनल खेल ६० मिनेटको हुनेछ । खेलमा प्रथम हुने टिमलाई दुई लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद एक लाख मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, धेरै गोल हान्ने खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही १० हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
एनसेलको सहयोगमा लैनचौरमा निर्माण भएको उक्त खेलमैदान लैनचौर युवा क्लबले ठमेल पर्यटन भेट्रान्स फुटबल कपका लागि निःशुल्क उपलब्ध गराउने क्लबका अध्यक्ष रम्बा रजकले जानकारी दिए । परिषद्का अध्यक्ष भविश्वर शर्माले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्दै ठमेल क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । अहिले स्वदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गरिए पनि आगामी दिनमा विदेशी खेलाडीलाई समेत बोलाएर यस्ता प्रतियोगिता आयोजना गर्ने उनको भनाइ छ । उक्त प्रतियोगिता सम्पन्न गर्न १२ लाखदेखि १५ लाख रूपैयाँसम्म लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता अवलोकन गर्न आउने दर्शकसँग भने आयोजकले कुनै रकम नलिने जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया