‘भ्वाइस अफ स्याट सिजन १’को उपाधि प्रिन्सलाई
काठमाडौं । ‘भ्वाइस अफ स्याट सिजन १’को उपाधि प्रिन्स परियारले हासिल गरेका छन् । स्कुल अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट)ले आयोजना गरेको भ्वाइस अफ स्याटको पहिलो संस्करणको उपाधि नेसनल अर्किड बोर्डिङ स्कुलका छात्र परियारले हासिल गरेका हुन् ।
मनास्लु वल्र्ड कलेजद्वारा प्रायोजित गायन रियालिटी शोको शनिबार भएको फाइनल प्रतियोगितामा गोल्डेन गार्डेन एकेडेमीका आयुष मगर दोस्रो, साम्तेन मेमोरियल एडुकेस्नल एकेडेमीकी युमी राई तेस्रो, गोल्डेन गार्डेन एकेडेमीका मनिष खड्का चौथो र पिक पोइन्ट एकेडेमीकी रेसिका श्रेष्ठले पाँचौँ स्थान हात पार्न सफल भएका छन् ।
किताबी ज्ञान मात्र नभएर विद्यार्थीका अतिरिक्त क्षमतालाई उजागर गर्न स्याटले विभिन्न कार्यक्रम गरिरहेको भन्दै अध्यक्ष विनय श्रेष्ठले अझै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
गायिका संगिता प्रधान, म्युजिक डाइरेक्टर राजु सिंह र सन्तोष श्रेष्ठले भ्वाइस अफ स्याटको पहिलो संस्करणको निर्णायकको भूमिका निर्वाह गरेका हुन् भने उत्कृष्ट २० को छनोट उमेश राउत र लक्ष्मी पौडेलले गरेका थिए छ सय पाँच प्रतियोगीहरूबाट विभिन्न चरण गर्दै छानिएका २० र वाइल्डकार्डमार्फत भित्रिएका पाँच गरी २५ फाइनलिस्टले भ्वाइस अफ स्याट सिजन १ को ट्रफी प्राप्त गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
- वीर अस्पातलको निर्देशकमा डा. श्रवण कुमार थापा
- नागरिक उड्डयन प्राधिकरणद्वारा ५ सदस्यीय कमिटी गठन
- अपाङ्गता भएका व्यक्तिले सम्मानीत जीवन बाँच्न पाउनु पर्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- पत्रपत्रिका बन्द गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन !
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया