Techie IT
×
गृहपृष्ठनेपालराउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल

राउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल


काठमाडौं । राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित भएका छन् । राउण्ड टेवल नेपालको २२औँ साधारणसभाले अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको गत भदौ १८ गते भएको साधारणसभाले उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशललाई चयन गरेको छ ।

सभामा निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा जानकारी गराए । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेश लगायतका मुलुकबाट अतिथिहरु आएका थिए । सभामा देशभरबाट चार सयभन्दा बढी सदस्यहरुको सहभागिता थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया