काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकामा एक सय १० भूमिहीन सुकुमबासी घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण गरेकी हुन् ।
हालसम्म ५० हजारभन्दा बढी भूमिहीनहरुलाई लालपुर्जा वितरण गरिएको छ । जसमा गाउँब्लक, पुनः नापी र विशेष नापीबाट ४९ हजारभन्दा बढी र राष्ट्रिय भूमि आयोगमार्फत करिब एक हजार घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो । मन्त्री श्रेष्ठले भूमिहीन सुकुमबासी र भूमिहीन दलितलाई लालपुर्जा वितरणको कामलाई निर्वाचन आचारसंहिताले छेक्न नहुने बताइन् । लालपुर्जा वितरण भोट माग्ने र राजनीति गर्ने नभई नागरिकको हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएको उनको भनाइ थियो ।
यस्तै उनले आर्थिक वर्षभित्र तीन सय पालिकाका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने र आगामी दुई वर्षभित्रमा भूमिसँग जोडिएका सबै खालका समस्या समाधान गरिसक्ने दाबी गरिन् । सोही लक्ष्य हासिल गर्नको लागि पनि लालपुर्जा वितरणको कार्यमा निर्वाचन आचारसंहिता लाग्न नहुने उनको भनाइ थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
- लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र नेपाल एसबीआई मर्चेन्ट बैंकिङबीच सम्झौता
- सिटिजन लाइफको प्रिमियम मूल्यको सर्वसाधारण सेयर
- २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी
- विद्यार्थीलाई ग्लोबल आईएमई बैंकको सहयोग
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया