जनकपुरधाम । दशैँको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा आठ दिनसम्म लाग्ने सस्तो बजार यो वर्ष पनि हुने भएको छ । जनकपुरधामको गोपाल धर्मशालामा यो वर्ष अगामी असोज १० गते घटस्थापनादेखि १७ गते महाअष्टमीसम्म दशैं बजार लाग्ने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।
दशैँ बजार व्यवस्थापन मूल समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको बैठकले दशैँ बजार सञ्चालन गर्ने निर्णय गरेको हो । साथै बैठकले बजार सञ्चालन गर्न विभिन्न उपसमितिहरूको समेत गठन गरेको छ । दशैँ, दीपावली तथा छठपर्वमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्नसहितका दैनिक उपभोग्य सामानहरू बिक्री गर्ने निर्णय पनि बैठकले गरेको छ । गत वर्षको दशैँ बजारमा एक सय छवटा स्टल थिए । गत वर्ष दशैँ बजार स्टल फारम शुल्क ९५ हजार रुपैयाँ र स्टल व्यवसाय शुल्क सात लाख ५० हजार रुपैयाँ आम्दानी भएको थियो । यस्तै छ लाख ५७ हजार नौ सय ८६ रुपैयाँ खर्च भई केही रकम बचत भएको अध्यक्ष महासेठले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया