Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले घुम्ती शिविर राखेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले स्थानीय मैनापोखरी बजारमा रहेको प्राइम कमर्सियल बैंकसँग सम्झौता गरेर सोमबारदेखि वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो ।

गाउँपालिकाले नजिकिँदो मुख्य चाड दशैँलाई मध्यनजर गर्दै घुम्ती शिविरमार्फत वडामै पुगेर २०७९/०८० प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको बैतेश्वर गाउँपालिका पञ्जीकरण शाखाका प्रमुख दिलविक्रम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सोमबार वडा नम्बर–१ को वडा कार्यालय भवनमा प्राइम कमर्सियल बैंक मैनापोखरी शाखाका प्रमुख उमेशराज गिरीसहितको टोलिले तीन सय जना स्थानीयलाई भत्ता वितरण गरेको थियो । प्राइम कमर्सियल बैंक मैनापोखरी शाखाका प्रमुख उमेश राज गिरीले बैंकले स्थानीयको सहजताको लागि वडामै पुगेर भत्ता वितरण गरेको जानकारी दिए ।

बैतेश्वर गाउँपालिकाभित्रका ग्रामीण बस्तीका स्थानीयलाई बैंकसम्म आएर भत्ता लिन निकै झण्झटिलो भएको भनी गुनासो आएकोले गाउँमा नै पुगेर भत्ता वितरण गर्न सुरु गरेको गिरिले बताए । गाउँपालिकाले वडासम्म पुगेर भत्ता वितरण गर्न स्थानीय सुरक्षा र सवारी व्यवस्थापन गरेको थियो । वडाबाट भत्ता पाएपछि मैनापोखरीसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको गैरीमुदिका स्थानीय ८० वर्सिया नरबहादुर तामाङले बताए ।

गाउँपालिकाले वडा नम्बर एकमा सामाजिक सुरक्षा भत्ता वितरण सोमबार नै सकेको छ भने वडा नम्बर–२ मा मंगलबार, वडा–३ मा बुधबार, वडा–४ मा बिहीबार र शुक्रबार वडा नम्बर– ५ मा शनिबार, वडा नम्बर–६ को आइतबार, वडा नम्बर–७ मा सोमबार र वडा नम्बर–८ मा मंगलबार वितरण गर्ने भएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया