ललितपुरको बुङमतीमा पर्यटक भित्र्याउन पर्यटन व्यवसायी प्रतिबद्ध
काठमाडौं । ललितपुरको बुङमतीलाई पर्यटन प्रवर्द्धनको हिसाबले प्राथमिकतामा राख्ने पर्यटन व्यवसायीहरुले प्रतिबद्धता जनाएका छन् । पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले बुङमतीसँग पर्यटकलाई देखाउने थुप्रै ऐतिहासिक एवं पुरातात्विक संरचनाहरु रहेकाले यो सम्पदा बस्तीलाई प्राथमिकतामा राखिने बताए ।
बुङमतीमा पर्यटकहरु आधा दिनको लागि मात्रै आउने गरेको भन्दै उनले पर्यटकहरुको बसाई लम्ब्याउन सकिने थुप्रै आधारहरु बनिसकेकाले त्यसतर्फ ध्यान दिएर प्याकेज बनाउनुपर्नेमा पनि उनले जोड दिए । युरोपियन युनियनको सहयोगमा स्विच एशिया कार्यक्रमअन्तर्गत युएन ह्याबिट्याट तथा लुमन्तीद्वारा सञ्चालित पर्य–सम्पदा परियोजनाले बुङमतीको पर्यटन प्रवर्द्धनलाई सहयोग पु¥याउन नाट्टाका सदस्य तथा टुर गाइडहरुलाई बुङमतीको महत्व बुझाउने अभिमुखीकरण कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा युएन ह्यबिट्याटकी कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले सम्पदा बस्तीहरुको भौतिक पुनर्निर्माणसँगै आर्थिक पाटोलाई पनि ध्यान दिएर काम गरिरहेको जानकारी दिइन् ।
बुङमतीका स्थानीयको आर्थिक पुनरुत्थानका लागि पर्यटन गतिलो माध्यम बन्नसक्ने भएकाले विदेशी मात्रै नभएर आन्तरिक पर्यटकका लागि समेत सुहाउँदो प्याकेजहरुको व्यवस्थापन गर्न पर्यटन व्यवसायीहरुसँग उनले आग्रह गरिन् । यस्तै ललितपुर वडा नम्बर २२ का अध्यक्ष सागर तुलाधरले सबैभन्दा ठूलो वडा भएकाले बुङमतीमा पूर्वाधारहरुको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गरे । पर्यटकलाई देखाउने कुरा धेरै भएकाले यसको प्रवर्द्धन गरेर आफ्नोसँगै स्थानीयको पनि आयवृद्धिमा सहयोगी बनिदिन पर्यटन व्यवसायीहरुसँग उनले आग्रह समेत गरे । वडाध्यक्ष तुलाधरले नाट्टाका अध्यक्ष थापालाई बुङमतीको पर्यटकीय क्षेत्रबारे जानकारी दिने नक्सा समेत हस्तान्तरण गरे । कार्यक्रममा युएन ह्याबिट्याटका वरिष्ठ कार्यक्रम अधिकृत प्रविण बज्राचार्यले बुङमतीमा रहेका ऐतिहासिक एवं धार्मिक स्थलबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै पर्यटन व्यवसायीलाई दुई जना स्थानीय गाइडले बुङमतीको भ्रमण गराएका थिए । भ्रमणपछि पर्यटन व्यवसायी एवं टुर गाइडहरुले बुङमतीको बजारिकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भिलेज टुर भनेर आधा दिनको प्याकेजहरु पर्यटकसमक्ष प्रस्तुत गरिरहेको स्मरण गर्दै उनीहरुले नयाँ ढाँचाले प्याकेजहरु बनाएर बुङमतीमा पर्यटक भित्र्याउने प्रतिबद्धता जनाएका छन् । युरोपिएन युनियनको सहयोगमा स्विच एसिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट तथा लुमन्तीद्वारा संचालित पर्य–सम्पदा परियोजनाले बुङमतीको पर्यटन प्रवर्द्धनलाई सहयोग पु-याउन सीप विकाससँगै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया