काठमाडौं । बेलायत सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली दक्ष नर्सलाई रोजगारीको अवसर दिने बताएको छ । नेपाल सरकार र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारी दिने सम्झौताअनुरूप नै दक्ष नर्सलाई रोजगारी दिने बताइएको हो ।
बिहीबार राजधानीमा भएको ‘नेपाली नर्सलाई बेलायतमा अवसर’ नामक कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले दक्ष नर्सहरूलाई उचित सेवा सुविधासहित स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर दिने बताइन् । ‘बेलायत सरकारको अपेक्षा भनेको दक्ष स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा काम गरुन् भन्ने रहेको छ, त्यसैले नेपाली नर्सहरूलाई अवसर दिने हामीहरूको चाहना छ’, उनले भनिन्, ‘यसका साथै नेपाली नर्सहरूको बेलायतमा गएर काम गर्ने चाहना रहेको समेत मैले पाएको छु ।’ राजदूत पोलिटले नेपाली नर्सहरूले बेलायतमा काम गर्दा बेलायतको स्वास्थ्य क्षेत्र गुणत्मक हुने समेत बताइन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले बेलायतको स्वास्थ्य क्षेत्रमा जाने नेपाली नर्सहरूको लागत शून्य रहेको बताए । ‘नर्सहरूको लागि बेलायत जाने सम्पूर्ण प्रक्रियाका लागि रकम लाग्दैन’, उपसचिव भुसालले भने, ‘तर अंग्रेजी भाषा जानेको परीक्षा दिनुपर्नेलगायतका प्रक्रियाहरू भने पूरा गर्नुपर्छ ।’
उनले मन्त्रालय तथा विभागको वेबसाइटमा यस आवश्यक विषयमा जानकारी राख्ने बताउँदै त्यहाँ हेर्न समेत सहभागीहरूलाई आग्रह गरे । उनले नेपाली नर्सहरू बेलायतको रोजगारीमा आकर्षक रहेको समेत बताए । नेपाल सरकार र बेलायत सरकारबीच भएको सम्झौताअनुरूप बेलायतमा जाने नेपाली नर्सले मासिक चार लाख रूपैयाँ पारिश्रमिक पाउनेछन् । जसले गर्दा उनीहरू आकर्षित भएको पाइन्छ । मन्त्रालयका अनुसार बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस)’मा दर्ता भएपछि मात्रै बेलायतको कानुनअनुरूप उक्त तलब सुविधा नेपाली नर्सले पाउनेछन् । यस्तै, राजदूत पोलिटले बेलायत काम गरेर फर्केका नेपाली नर्सले समेत स्वदेशमा फर्केर नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुराउन सक्ने बताइन् ।
नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरू भर्ना प्रक्रियामा सहभागी हुने पाउनेछन् भने भर्ना प्रक्रियामा स्टाफ नर्स, बीएन, बीएस्सी नर्सिङ, एमएन सहभागी हुन पाउनेछन् । अंग्रेजी भाषा जानेका हुनेपर्ने उनीहरूले अंग्रेजी शिक्षा आईएलटीएसमा करिब सात अंक र ओईटीमा ‘बी’ अंक ल्याउनुपर्नेछ । हाल बेलायत जान चाहने नर्सहरू परीक्षामा सहभागी भइरहेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया