Techie IT
×
गृहपृष्ठनेपालमुटु दिवसको अवसरमा नर्भिकद्वारा हेल्थ प्याकेजमा भारी छुट

मुटु दिवसको अवसरमा नर्भिकद्वारा हेल्थ प्याकेजमा भारी छुट


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारी छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी असोज १३ गते अर्थात् सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे(विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरिदमा भारी पाउने गरी अफर सार्वजनिक गरेको हो ।

हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । यस्तो छुटसम्बन्धी व्यवस्था लागू भइसकेको र अबको एक महिनाभित्रमा हेल्थ प्याकेज खरिद गर्नेले पाउन सकिनेछ । विश्व मुटु दिवसको अवसर पारेर डिजाइन गरिएको प्याकेजअन्तर्गत सुगर फास्टिङ, आरएफटी, टोटल कोलेस्ट्रोल, इसीजी, यूरिन रुटिन, इको, ईएसआर, सीबीसीलगायतका जाँचहरु गरिनेछ । यसपटकको विश्व मुटु दिवस युज हर्ट फर एभ्री हर्टको थिममा विश्वभर मनाइँदै छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया