ब्युटी सैलुन फेसियल हाउसको छैटौँ नयाँ शाखा धनगढीमा
काठमाडौं । नेपालको प्रख्यात ब्युटी सैलुन फेसियल हाउसले छैटौँ नयाँ शाखा धनगढीमा सञ्चालन गरेको छ । धनगढीको चौडामा शनिबार एक कार्यक्रमका बीच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्धनिर्देशक शुष्मा महरा र कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
महराले सुदूरपश्चिममा शाखा विस्तार गरेसँगै पश्चिम हुँदै पूर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्नथालेपछि फेसियल हाउसको अन्य शाखा विस्तार गर्नलागेको बताएकी छन् । सो कार्यक्रममा संघका अध्यक्ष कुँवरले आर्थिक मन्दीको अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यवाद दिएका छन् ।
काठमाडौंको काठमाडौं मल, चाबहिल र सीटीसी मलका साथै उपत्यकाबाहिर पोखरा, सुर्खेतबाट गुणस्तरीय सेवा दिँदै आएको फेसियल हाउसले अब भने धनगढीबाट पनि सेवा प्रदान गर्नेछ । धनगढीमा सञ्चालनमा ल्याइएको फेसियल हाउसको नेतृत्व भने सविता ऐयरले गर्ने छिन् । धनगढीका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उद्देश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् ।
फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुनमध्ये नम्बर १ मा पर्ने सैलुन हो । मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जनाभन्दा बढी सेवाग्राहीले सर्भिस लिने गर्दछन् । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सनजस्ता थुपै सेवा दिँदै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया