नेपालका निजी क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार गर्न महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमबीच सहकार्य
काठमाडौं । नेपाली निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पु-याएको योगदान प्रकाश पार्दै यस क्षेत्रको विकासमा नीतिनिर्माताहरूलाई जानकारी गराउन नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले सहमति गरेका छन् ।
यो सहकार्यबाट एक संयुक्त प्रतिवेदनको तयार हुने बताइएको छ । यस प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावबारे तथ्यांक, अवधारणा, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्नेछ । यस कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरूबीच निजी क्षेत्रको विकासका सवालहरूबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको छ ।
सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको छ । ९९ प्रतिशतभन्दा बढी औपचारिक व्यवसायहरू निजी क्षेत्रको स्वामित्वमा छन्, यसमा शिक्षा तथा स्वास्थ्यजस्ता सामाजिक क्षेत्रहरूमा गरिएका उल्लेख्य लगानी समावेश छ । त्यसैगरी, पुँजी निर्माण तथा रोजगारीका अवसरको सिर्जनामा निजी क्षेत्रको बढ्दो उपस्थिति छ । मुलुकभित्र लाखौँ जनशक्ति निजी क्षेत्रमा, विशेषगरी कृषिमा आबद्ध छन् । यति हुँदाहुँदै पनि, दक्षिण एसियाली मुलुकहरूमध्ये औद्योगिक क्षेत्रमा नेपालको औसत श्रम उत्पादकत्व हालसम्म पनि न्यून छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालका विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक रहेको बताए । बृहत् तथा सुसूचित नीतिगत सुधार एवम् सार्वजनिक तथा निजी क्षेत्रबीच बहसबाट मात्रै यो हासिल गर्न सम्भव रहेको उनको छ । त्यसैले, यस प्रतिवेदनमा सरकारी तथ्यांकको पनि प्रयोग गर्न सकिएमा, यस विषयमा सहयोग पु-याउन यो प्रतिवेदनको महत्वपूर्ण भूमिका हुने उनले बताए । उदीयमान बजारहरूका निजी क्षेत्रमा केन्द्रित रहेको विश्वको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा बजार तथा अवसरहरूको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । यसका लागि घरेलु तथा विदेशी लगानीकर्ताहरूका लागि लगानी गर्ने वातावरणमा थप सुधार गर्न आवश्यक रहेको निगमको भनाइ छ ।
अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकार एस. फायेले सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसूचित गर्नुका साथै नेपाली नागरिकहरूको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्र्न निजी क्षेत्रको अवस्थाबारे सघनरूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुने बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया