Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबैतेश्वर गाउँपालिकाको एमबीबीएस अध्ययन छात्रवृत्ति उप्रेतीलाई

बैतेश्वर गाउँपालिकाको एमबीबीएस अध्ययन छात्रवृत्ति उप्रेतीलाई


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले चालू वर्षदेखि सुरु गरेको एमबीबीएस डाक्टर अध्ययन छात्रवृत्ति वडा नम्बर–३ मिर्गे खानीगाउँका बवीराज उप्रेतीले प्राप्त गरेका छन् । उप्रेतीले नेपालकै जानकी मेडिकल कलेजमा अध्ययन गर्न छात्रवृत्ति पाएका हुन् ।

उनले अध्ययन गर्दा आउने सम्पूर्ण खर्च गाउँपालिकाले सहयोग गर्ने सम्झौता भएको छ । +२ विज्ञान विषयमा उत्तीर्ण गरेका २२ वर्षीय उप्रेती आर्थिक अभावको कारण अध्ययनको लागि नाम निकालेर पनि कलेज भर्ना हुनसकेका थिएनन् ।

बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा दोस्रोपटक निर्वाचित हुनसाथ गाउँपालिकाको छात्रवृत्ति अनुदानमा पालिकामै सेवा दिने गरी एमबीबीएस तहको डाक्टर उत्पादन गर्ने निर्णय गरेका थिए । उक्त निर्णअनुसार उप्रेतीले छात्रवृत्ति पाएका हुन् । गाउँपालिकाले लगातार एक–एक वर्षको अन्तरमा कलेज शुल्क बुझाउने छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया