जर्मनीका विशेषज्ञ चिकित्सकहरुद्वारा नर्भिकको अवलोकन
काठमाडौं । जर्मनीका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको एक टोलीले मंगलबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेको छ । विदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेका हुन् ।
जर्मनीका चिकित्सकहरुको टोलीलाई नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले खादा लगाएर स्वागत गरेका थिए । नर्भिकको व्यवस्थापन टोलीले जर्मनी चिकित्सकहरुलाई अस्पतालले प्रवाह गर्दै आएको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाहरुको विषयमा स्थलगत अवलोकन गराई जानकारी दिएको थियो । सो क्रममा नर्भिक अस्पतालको इमेरजेन्सी विभागका इञ्चार्ज ओमर प्रधानले अस्पतालले आकस्मिक हवाइ उद्धार सेवा सञ्चालन गरिरहेको र काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट निकै छोटो समयमै अस्पतालसम्म बिरामीलाई ल्याएर आकस्मिक सेवा दिने व्यवस्थापन मिलाइएको लगायतका विषयमा जानकारी दिएका थिए । सो क्रममा नर्भिकका अधिकारीहरुले अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरुको उपचार सेवामा पु-याउँदै आएको योगदान, दिँदै आएको सेवालगायतका विषयमा समेत टोलीलाई जानकारी गराएका थिए ।
टोलीमा सहभागी जर्मन चिकित्सकहरुले नेपालमा समेत नर्भिक इन्टरनेशनल हस्पिटलजस्तो आधुनिक अस्पताल रहेकोमा खुसी व्यक्त गर्दै नामजस्तै अस्पतालले प्रवाह गर्ने सेवा पनि अन्तर्राष्ट्रियस्तरकै रहेको पाइएको प्रतिक्रिया दिएका थिए । उनीहरुले नर्भिकले उपचार प्रक्रियामा प्रयोग गर्ने स्वास्थ्य उपकरणहरु समेत अन्तर्राष्ट्रियस्तरकै रहेको पाइएको भन्दै प्रशंसा गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया