बिज एजुकेसनको ब्राण्ड एम्बेसडरमा हास्य कलाकार नेपाल नियुक्त
काठमाडौं । बिज एजुकेसनले हास्य कलाकार जितु नेपाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । गठ्ठाघरमा आफ्नो नयाँ शाखा उद्घाटन कार्यक्रममा एजुकेसनले नेपाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो । एक विशेष समारोहका बीच हास्य कलाकार नेपालले सो शाखाको उद्घाटन समेत गरेका थिए ।
कार्यक्रममा कलाकार नेपालले कन्सल्टेन्सीको सफल सञ्चालनको कामना गर्दै कन्सल्टेन्सीको प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए । त्यसैगरी निर्देशक हरि कार्कीले विदेशमा विशेषगरी बेलायत र अष्ट्रेलियामा अध्ययनका लागि जाने विद्यार्थीलाई गुणस्तरीय सेवा दिने बताए । उद्घाटन समारोहमा विदेशी विश्वविद्यालयका प्रतिनिधि, सञ्चारकर्मी र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यस्तै, निर्देशक कार्कीले दीप प्रज्वलन गरी शाखा उद्घाटनको घोषणा गरेका थिए । साथै बिज एजुकेसनको कर्पोरेट अफिस उद्घाटनसँगै यूकेमा पढ्न जाने अवसर र चुनौती विषयमा केन्द्रित रहेर युनिभर्सिटी टिमसँग अन्तक्र्रिया समेत सम्पन्न गरिएको थियो । बिज एजुकेसनले सन् २००८ देखि आफ्नो सेवा दिँदै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया