Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबीएण्डबी हस्पिटल स्थापनाको २५ वर्ष पूरा

बीएण्डबी हस्पिटल स्थापनाको २५ वर्ष पूरा


काठमाडौं । बीएण्डबी हस्पिटल स्थापना भएको २५ वर्ष पूरा भएको छ । यो अस्पताल डा. जगदीश लाल वैद्य र डा. अशोक कुमार बास्कोटा मिलेर स्थापना गरेका हुन् ।

हाल सञ्चालनमा नरहेको शान्त भवन अस्पतालबाट वर्षौँदेखि झाँगिएको दुई व्यक्तिको मित्रता ७० शय्याको काठमाडौं नर्सिङ्ग होममा गरिएको १६ वर्षभन्दा बढीको सहकार्यबाट उक्त अस्पतालको स्थापना भएको थियो । डा. जगदीशलाल वैद्यले २० वर्षभन्दा बढी समय शल्यक्रिया प्रमुखको रुपमा काम गरेको नयाँ पाटन अस्पतालको शल्य चिकित्सा सेवाहरुको स्तर एक नयाँ उचाइमा पुगेको थियो । यसैगरी डा. अशोक कुमार बास्कोटाले सन् १९८५ मा एचआरडीसीको (बाल अस्पताल) स्थापना नहुँदासम्म आनन्दवन कुष्ठरोग अस्पताल र शिर मेमोरियल अस्पतालमा कयौं वर्षसम्म स्वयम्सेवकको रुपमा काम गरेर आफ्नो विशेषज्ञताको पूर्ण रुपमा उपयोग गरेका थिए । एचआरडीसीको स्थापनापश्चात् नेपालमा विपन्न बालबालिकाको व्यापक उपचार सेवा सुरु भएको थियो ।

अढाई दशकभन्दा बढी समयदेखि चिकित्सा क्षेत्रमा काम गरेपछि यी दुई डाक्टर मिलेर बीएण्डबी हस्पिटलको स्थापना गरेका थिए । बीएण्डबी हस्पिटल अब एक बहुविशेषताले भरिएको ऊर्जाशील अस्पताल बनेको छ, जहाँ विभिन्न प्रकारका उपचार सेवाहरु उपलब्ध छन् । स्तरोन्नति गरिएको पूर्वाधारसहितको अस्पतालको एक नयाँ खण्ड अब आमनागरिकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न तम्तयार गरिएको अस्पतालले जनाएको छ । विभिन्न प्रकारका मेडिकल एवं सर्जिकल विषयहरुमा डाक्टरहरुको स्नातकोत्तर प्रशिक्षणले निरन्तरता पाइरहेको छ । बीएण्डबी हस्पिटलका विशेषज्ञ डाक्टरहरुले बनेपास्थित एचआरडीसी (बाल अस्पताल)मा आवश्यकताअनुसारका विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गर्दै आइरहेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया