Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुसन–फास्ट बैंकिङ सार्वजनिक

स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुसन–फास्ट बैंकिङ सार्वजनिक


काठमाडौं । नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ सार्वजनिक गरिएको छ ।

बुधबार होटेल -याडिसनमा आयोजित फास्ट बैंकिङ लन्च समारोहमा उक्त सेवा सार्वजनिक गरिएको हो । राष्ट्र बैंकका पदाधिकारीहरू, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ र आईटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरू, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरू तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले एप अनावरण गरी सुरूवात गरे ।

स्मार्ट चोइस टेक्नोलोजिजका सञ्चालक सान्तराज बतासको स्वागत मन्तव्यसँगै कार्यक्रम सुरुवात गरिएको थियो । स्मार्ट चोइस टेक्नोलोजिजको संक्षिप्त विवरणसँगै फास्ट बैंकिङको बारेमा विस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङको सेवा लिई डिजिटल बैंकिङ एक्पिरियन्सलाई थप सुधृढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।

हाल बैंक तथा बित्तीय संस्थाहरूमा प्रयोग भएको मोबाइल बैंकिङ सेवा विशेष गरी भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ सुविधा लिन अझै पनि बैंककै शाखामा नै धाउनुपर्ने बाध्यता रहेको परिस्थिति औँल्याउँदै सो सोलुसनमा थप सुविधाहरूका साथ ओपन एपीआईमार्फत बैंकका थप सेवाहरूलाई मोबाइल बैंकिङमै जोड्न सकिने जानकारी दिए ।

उनले फास्ट बैंकिङले बैंकको शाखाहरूमा हुने ग्राहकहरूको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत्रूपमा घटाउन सकिने जानकारी दिए । टेक्नोलोजी पार्टनर स्फिट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङको आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङभन्दा कसरी सुदृढ, स्केलेबल र सुरक्षित छ भन्ने प्रकाश पारे ।

हाल ग्लोबल आईएमई बैंकमा सञ्चालनमा ल्याइसकिएको यो सुविधा कसरी फरक छ र यो सुविधा सञ्चालन गरेपश्चात् बैंकका कर्मचारी तथा ग्राहकलाई भएको फाइदा र अनुभव बैंकका ट्रानजेक्सन तथा कार्ड अपरेसन प्रमुख प्रकाश पौडेलले साटे । कार्यक्रममा मन्तव्य दिँदै ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले भविष्यमा डिजिटल भुक्तानीको क्षेत्रमा अझै धेरै योगदान दिन तथा नवीनतम सेवाहरू विस्तार गर्दै जान शुभकामना दिए ।

कार्यक्रमको अन्तमा स्मार्ट चोइस टेक्नोलोजिजका अध्यक्ष सुमन पोखरेलले अनवरतरूपमा सम्पूर्ण देशको भुक्तानी क्षेत्र प्रवर्द्धनमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै धन्यवादका साथ कार्यक्रम समापन मन्तव्यमा व्यक्त गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया