जीप दुर्घटनामा परी चार जना प्रहरी कर्मचारीको निधन, नौ जना घाइते
बैतडी । पाटन नगरपालिका–४ थुमस्थित सडकमा से.१ ज ८५४ नम्बरको जिप सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवानहरू रमेश सिंह साउद, लोक बहादुर बाठामगर र दीर्घ विष्ट गरी ४ जना प्रहरी कर्मचारीको निधन भएको छ ।
आइतबार सम्पन्न निर्वाचनमा सुरक्षार्थ खटिएर बैतडीको गोठालापानी मतगणनास्थलमा मतपेटिका पु-याई इलाका प्रहरी कार्यालय पाटनतर्फ जाँदै गरेको अवस्थामा उक्त जिप अनियन्त्रित भई सडकबाट अन्दाजी चार सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चारै जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारको क्रममा निधन भएको हो ।
जिपमा १२ जना प्रहरी कर्मचारी र जिप चालकसहित १३ जना सवार रहेकोमा अन्य नौ जना घाइते भएका छन् । गम्भीर घाइते अवस्थामा रहेका चार जना प्रहरी कर्मचारी र जिपका चालक गरी पाँच जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालगञ्ज लगी कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य चार जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ । दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य एवं थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
- फागुनबाट कुलेखानी–फर्पिङ्ग, कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने
- टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया