Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालराजधानीमा एकदिने विज्ञान प्रदर्शनी

राजधानीमा एकदिने विज्ञान प्रदर्शनी


काठमाडौं । राजधानीमा एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । ग्लेसियर इन्टरनेशनल कलेजले एजुकेसन एक्सिलेन्स एक्जिबेसन २०२२ नाम दिइएको सो कार्यक्रम राजधानीको तीनकुनेस्थित रोयल थाई इभेन्टमा आयोजना गरिएको थियो । विज्ञान प्रदर्शनीको क्रममा उत्कृष्ट कलेजलाई पुरस्कार समेत प्रदान गरिएको थियो । सोही क्रममा काठमाडौं ग्लोबल कलेजले प्रथम पुरस्कार २१ हजार नगदसहित ट्रफी जित्यो भने दोस्रो स्थानमा आकाशदीप स्कुलले ११ हजार र तेस्रो स्थानमा रहेको क्यास्पियन भ्याली कलेजले पाँच हजार एक सय रुपैयाँ हात पारेको थियो । ह्वाइट हाउस कलेजलाई विशेष पुरस्कार प्रदान गरिएको थियो। उनीहरुले विज्ञान क्षेत्रमा भएका विभिन्न खोज अनुसन्धानलाई प्रदर्शनीमा राखेका थिए ।

यस्तै सानै उमेरमा विद्यार्थीहरुको विज्ञानप्रतिको लगाव उत्साहजनक रहेको देखिएको थियो । उनीहरुले विभिन्न जीवहरुको जीवनचक्र, शरीरमा उत्पादन हुने ऊर्जालगायतका विषयमा स्पष्ट पारेका थिए । कार्यक्रममा भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञानको विषयमा विभिन्न खोजमूलक विषयवस्तु देखाइएको थियो ।

प्रदर्शनीमा १० विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम हल्ट इन्टरनेशनल बिजनेस स्कूल, एलायन्स विश्वविद्यालय, किम्स र आरवाई विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया