हेल्प फर ह्युमानिटीको सहकार्यमा क्रिकेट किट हस्तान्तरण
काठमाडौं । हेल्प फर ह्युमानिटी नेपालले युवा पर्यटन व्यवसायी सोनाम छिरिङ शेर्पासँगको सहकार्यमा क्रिकेट किट वितरण गरेको छ । नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले सुदूरपश्चिम दार्चुलाका अभिजीत ऐरीलाई क्रिकेट किट हस्तान्तरण गरेका हुन् ।
क्रिकेट खेलप्रति लगाव रहेको तर आर्थिक अवस्था कमजोर रहेका ऐरीलाई पर्यटन व्यवसायी शेर्पासँगको सहकार्यमा किट प्रदान गरिएको हो । क्रिकेट किट प्रदान गर्दै पूर्वकप्तान खड्काले ऐरीलाई सफल खेलाडी बन्न शुभकामना दिए । ‘सहयोगको लागि हेल्प फर ह्युमानिटी टिम र सोनामज्यूलाई धन्यवाद । अभिजीत ऐरी भाइलाई सफल खेलाडी बन्न शुभकामना’, उनले भने, ‘हेल्प फर ह्युमानिटी नेपालले पनि आवश्यक पर्नेहरुलाई मात्रै सहयोग गर्नु होला ।’ खेलजस्तै शिक्षा, स्वास्थ्य जस्ता जुनसुकै क्षेत्रमा आवश्यक पर्नेहरुलाई सहयोग गर्न उनले हेल्प फर ह्युमानिटी नेपाललाई सुझाव दिए ।
यस्तै पर्यटन व्यवसायी शेर्पाले विगतमा आफूले जस्तो समस्या भोग्नु नपरोस् भनेर सहयोग गरेको जानकारी गराए । ‘पहिला म पनि खेलप्रेमी थिएँ । त्यतिखेर रहर भए पनि आर्थिक अभावका कारण खेल सामग्रीहरु किन्न सकिँदैनथ्यो’, उनले भने, ‘आफूले जस्तो समस्या भोग्नु नपरोस् भनेर सहयोग गरेको हो ।’ हेल्प फर ह्युमानिटी नेपालले गर्ने सहयोग निरन्तरता रहने संस्थाका अध्यक्ष मधुसूदन ध्वज खड्काले जानकारी गराए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया