दोलखाका चार मतदान केन्द्रका मंसिर १५ गते पुनः मतदान
दोलखा । दोलखाका चारवटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनःनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले गत मंसिर ४ गते भएको मतदानलाई रद्ध गरि बैत्यश्वर गाउँपालिकाका तीन र तामाकोसी गाउँपालिकाको एउटा वडामा पुन निर्वाचन गर्ने गरि मिति तोकेको हो ।
मंसिर १५ गतेभित्र पुन मतदान गर्नुपर्ने आयोगको निर्देशन अनुसार जिल्ला निर्वाचन व्यवस्थापन समितीको सोमबार बसेको बैठकले मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन कार्यलय दोलखाका सहायक निर्वाचन अधिकृत शिव प्रसाद पोखरेलले जानकारी दिए । निर्वाचन आयोगले आईतबार जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग बुथमा, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख बुथमा, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख र ग बुथमा र तामाकोसी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रको क र ख बुथमा गरी १० मतदान केन्द्रमा पुन मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले दोलखालाई निर्देशन दिएको थियो ।
आयोगका अनुसार बैत्यश्वरको वडा नम्बर २ र ६ नम्बर वडा तथा तामाकोसीको ३ नम्बर वडामा बुथ कब्जा भएको र बैत्यश्वर ३ मा १०० थान मतपत्रको अर्धकट्टी हराएकोले पुनः मतदान हुन लागेको हो । आयोगले पुनःनिर्वाचन गर्न लागेको बैतेश्वर–२ मतदाता संख्या एक हजार नौ ३४ रहेको छ भने वडा नम्बर–३ मिर्गेमा मतदाताको संख्या दुई हजार छ सय ६४ जना मतदाता रहेका छन् । त्यस्तै बैतेश्वर नाम्दुमा दुई हजार चार सय र तामाकोसी गाउँपालिका–३ मा एक हजार चार सय १४ जना मतदाता गरी आठ हजार पाँच सय १३ जना मतदाता रहेका छन् । उक्त निर्वाचन क्षेत्रमा मंसिर ४ गते भएको मतदानलाई रद्ध गरि पुनः मतदान गर्न नेकपा एमाले दोलखाले माग गरेको थियो । एमालेको माग बमोजिम आयोगले पुननिर्वाचन गर्न लागेको हो ।
यता नेपाली कांग्रेस दोलखाले भने दोलखाका १० मतदान केन्द्रमा पुननिर्वाचन हुनु जनतामाथीको अपमान भएको जनाएको छ । जनताले निष्पक्ष रुपमा मतदान गरेको भएपनि अमुक राजनितिक दलको प्रभावमा परेर आयोगले पुननिर्वाचनको नाममा जनताको अपमान गरेको जनाएको छ । यदपी कांग्रेस निर्वाचनबाट कहिल्यै नभाग्ने भन्दै कांग्रेस दोलखाले मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्न माग गरेको छ । कांग्रेस दोलखाका सभापति एवँ दोलखा प्रदेशसभा २ वाट उम्मेदवार बनेका बर्मा लामाले सोमबार बिज्ञप्ति जारी गरी मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्न माग गरेका हुन् । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले एमालेको प्रभाव र आर्थिक प्रलोभनमा परी नागरिकको अभिमत लत्याएकाले मुख्य निर्वाचन अधिकृत परिवर्तन हुनुपर्ने कांग्रेसको माग छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया