नेपाल चाइना चेम्बर गण्डकी प्रदेश अध्यक्षमा पौडेल
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा व्यवसायी वैभव पौडेल मनोनीत भएका छन् । संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई मनोनीत गरिएको अध्यक्ष त्रिभुवनधर तुलाधरले जानकारी दिए ।
पर्यटन व्यवसायी पौडेल नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष हुन् । उनी होटल बाराही, बाराही हस्पिटालिटी, बिच बार एन्ड लज, ब्यञ्जन रेष्टुरेन्ट, बाराही जंगल लज, बब्स जिमलगायत विभिन्न व्यवसायका सञ्चालक हुन् । पर्यटन र सेवा क्षेत्रमा डेढ दशकको अनुभव रहेका पौडेल रेबान, हान, स्विमिङ एसोसिएसन लगायतका संघ/संस्थामा उत्तिकै सक्रिय छन् । पोखरालगायत गण्डकी प्रदेशमा फैलिँदो चिनियाँ लगानी तथा चिनियाँ पर्यटकको चापलाई दृष्टिगत गर्दै नेपाल चीन उद्योग वाणिज्य संघले पहिलो प्रादेशिक च्याप्टर यसै क्षेत्रमा गठन गरेको हो ।
संघका अध्यक्ष तुलाधरले नेपाल र चीनबीच आर्थिक सामाजिक सम्बन्ध विस्तार गर्ने तथा व्यापार र लगानी सहजीकरण गर्ने संघको मूल उद्देश्य परिपूर्तिका लागि युवा व्यवसायी पौडेलको अध्यक्षतामा रहेको गण्डकी प्रदेश समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रदेश अध्यक्ष पौडेलले संघले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्दै गण्डकी प्रदेशमा चिनियाँ लगानी आकर्षित गर्ने तथा चिनियाँ पर्यटकको हब बनाउनेतर्फ आफू केन्द्रित रहने प्रतिबद्धता जनाएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया