Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकाभ्रे सोसाइटी यूकेको अध्यक्षमा फुँयाल

काभ्रे सोसाइटी यूकेको अध्यक्षमा फुँयाल


काठमाडौं । बेलायतमा बस्ने काभ्रेलीहरुको संस्थाले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न दोस्रो अधिवेशबाट काभ्रे सोसाइटी यूकेले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

सोसाइटीको अध्यक्षमा सामाजिक अभियन्ता नारायण फुँयाल सर्वसम्मत चुनिएका छन् । यस्तै नवनिर्वाचित कार्यसमितिमा रामचन्द्र अधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष रुपक पौड्याल र बलराम मैनाली, महासचिव अश्विन नेपाल, सचिव राम श्रेष्ठ, कोषाध्यक्ष जीवन थापा र सहकोषाध्यक्ष जानकी लामा छन् । सदस्यहरुमा यादव पराजुली, चन्द्र मैनाली, रीता श्रेष्ठ, शान्ता तामाङ, शम्भु गौतम, अर्जुन सापकोटा, विज्ञान हुमागाइं, प्रवेश केसी, विजय कार्की, संगीता भण्डारी र पदम गोले चुनिएका छन् ।

त्यस्तै, सोसाइटीका संस्थापक अध्यक्ष रविन्द्र शर्मालाई प्रमुख संरक्षक तथा डा. महालक्ष्मी अधिकारी, दावा लामा, गोकर्ण हुमागाईं र मिलन शर्मालाई सल्लाहकारमा मनोनित गरिएको छ । निर्वाचन समिति संयोजक पत्रकार एवम् पूर्वडीएसपी वाचस्पति रेग्मीले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण गराएका थिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया