काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवर्द्धन गर्न वाकाथन आयोजना गरेको छ ।दरबारमार्गबाट सुरु भएको वाकाथनमा पाँच सयभन्दा बढी सहभागीहरु वसन्तपुर दरबार स्क्वायरतर्फ हिँडेर लैंगिक हिंसाविरुद्धको सशक्त सन्देशसहितको सडक नाटकको समापन भएको थियो ।
वाकाथन संयुक्त राष्ट्रसंघको लैंगिक हिंसाविरुद्धको १६ दिने सक्रियता २५ नोभेम्बरदेखि १० डिसेम्बर २०२२ सम्म मनाइनेछ । यो वर्ष संयुक्त राष्ट्रसंघले १६ दिने ‘एकता ! महिला र केटीहरुविरुद्ध हिंसाअन्त्य गर्न’ पहल गर्नेछ । ‘१६ दिने सक्रियताले हामीलाई एकताबद्ध हुन र लैंगिक हिंसाविरुद्ध आवाज उठाउने मञ्च दिन्छ । जीवनका सबै क्षेत्रका महिलाहरूले दुव्र्यवहारको सिकारको ठूलो हिस्सा बन्न बाध्य भएका छन् । आगामी १६ दिनमा यस वाकाथन र अन्य कार्यक्रमहरूमार्फत, हामी यस विषयमा सतर्कता सिर्जना गर्ने र घरेलु हिंसाबाट बचेकाहरूलाई समर्थन गर्ने, लैंगिक हिंसा अन्त्य गर्न काम गर्ने, कार्यकर्ताहरूलाई एकताबद्ध गर्ने र महिलाअधिकार आन्दोलनको लागि एकता सिर्जना गर्ने कुरामा प्रकाश पार्नेछौँ’, आभा शाहले भनिन् । शाह जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष हुन् ।
‘लैंगिक हिंसा एक गम्भीर मानवअधिकार उल्लंघन हो जसले महिलाको कल्याण र उत्पादनशील जीवन जिउने क्षमतालाई असर गर्छ । यसले तिनीहरूको परिवारलाई पनि असर गर्छ र उत्पादकतामा कमी र जीविकोपार्जनका अवसरहरूसहित ठूलो प्रभाव पार्छ । प्रत्येक महिलालाई हिंसामुक्त जीवन जिउने अधिकार छ । यस वाकाथनको माध्यमबाट जोन्टा क्लबले प्रभावकारी रुपमा सञ्चारमाध्यम र युवाहरूलाई लैंगिक हिंसाविरुद्ध आवाज उठाउन आह्वान गरेको छ’, जोन्टा इन्टरनेशनल, जिल्ला २५ का गभर्नर सृजना राणाले बताइन् । जोन्टाले १६ दिने अभियान अवधिमा क्यूएफएक्स सिनेमाघरहरूमा प्ले भइरहेका चार छोटो फिल्महरू देखाइरहेको छ ।
‘यी छोटो फिल्महरूले हिंसा/उत्पीडन र बालविवाह कहिले पनि ठीक हुँदैन भन्ने महत्वपूर्ण सन्देश दिन्छ– एक पटक पनि होइन, कहिले पनि होइन र बोल्नै पर्छ’, जोन्टा क्लब अफ काठमाडौं महिला हिंसाविरुद्धको १६ दिने अभियानकी अध्यक्ष विदुषी राणाले भनिन्, ‘हामी आशा गर्छौँ, भिडियोहरूले पीडितहरूलाई मद्दत खोज्न प्रोत्साहित गर्नेछ र उनीहरूलाई सुरक्षित रूपमा कल गर्न र बोल्नसक्ने हेल्पलाइन विकल्पहरूबारे जानकारी गराउनेछ ।’
यसै पहलअन्तर्गत, जोन्टाले काठमाडौं र आसपासका विद्यालय र सार्वजनिक स्थानहरूमा सडक नाटकहरूको शृंखला र छलफलहरू आयोजना गर्नेछ । वाकाथनको नेतृत्वमा, जोन्टाले लैंगिक–आधारित हिंसाविरुद्ध वकालत गर्न र बोल्ने महत्वको बारेमा सचेतना जगाउन पनि जुट्नेछ । कुमारी बैंक, जेजीआई फाउन्डेसन, लक्ष्मी बैंक, केटीएम सिटी, लिबर्ड, वेल्ट हङ्गर हचलाइफ, जर्मन कोअपरेसन र एकवा हन्ड्रेडको सहयोगमा वाकाथन आयोजना गरिएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया