सोलु । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सोलुखुम्बुका १४ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । मतपेटिकामा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका प्रतिनिधिसभातर्फका छ जना र प्रदेशसभातर्फका आठ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको हो ।
धरौटी जफत हुनेमा प्रतिनिधिसभा तर्फका उम्मेदवारहरू जनता समाजवादी पार्टी (जसपा) नेपालका ल्हाक्पा शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र बहादुर बस्नेत, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तारानाथ कट्टेल, नेकपा मालेका विष्णु प्रसाद बास्तोला, मंगोल नेशनल अर्गनाइजेसनका सौविर राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लामु शेर्पा रहेका छन् । यस्तै प्रदेशसभा १ तर्फका उम्मेदवारहरू जसपाका भक्त बहादुर राई, राप्रपाका नर बहादुर बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका खेम कुमार राई र नेमकिपाका चेतनाथ खनाल रहेका छन् । प्रदेशसभा २ तर्फका उम्मेदवारहरू जसपाका महेश कुमार राना मगर, राप्रपाका प्रेमहरी दहाल, मंगोल नेशनल अर्गनाइजेसनका शान्ती माया राना मगर र नेमकिपाका कमल बहादुर मगरको जमानत (धरौटी) रकम जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने क्रममा प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार जमानत वा धरौटी राख्नुपर्ने व्यवस्था छ । तर उक्त धरौटी रकम फिर्ता हुन खसेको सदर मतको १० प्रतिशत कटाउनुपर्ने प्रावधान छ ।
प्रतिनिधिसभातर्फ कुल खसेको ४० हजार ७३ मतमध्ये ३७ हजार आठ सय १० मत सदर रहेको थियो । यस्तै प्रदेशसभा १ तर्फ २० हजार छ सय ४० मत खसेकोमा १९ हजार चार सय ७४ मत र प्रदेशसभा २ मा १९ हजार चार सय ३३ मत खसेकोमा १८ हजार पाँच सय ७२ मत सदर रहेको थियो । जमानत जोगाउन प्रतिनिधिसभा तर्फका उम्मेदवारले तीन हजार सात सय ८१ मत, प्रदेशसभा १ का उम्मेदवारले एक हजार नौ सय ४७ मत र प्रदेशसभा २ का उम्मेदवारले एक हजार आठ सय ५७ मत कटाउनुपर्ने थियो । तर जिल्लामा प्रतिनिनिधिसभातर्फ विजेता नेकपा एमालेका मानवीर राई र उपविजेता नेपाली कांग्रेसका बल बहादुर केसीले मात्रै जमानत जोगाएका छन् ।
यस्तै प्रदेशसभा १ तर्फ विजेता माओवादी केन्द्रका गोम्बु शेर्पा (कज्र्याङ) र उपविजेता नेकपा एमालेका उत्तम कुमार बस्नेतले जमानत जोगाएका छन् भने प्रदेशसभा २ तर्फ पनि विजेता एमालेका बुद्धि कुमार राजभण्डारी र उपविजेता माओवादी केन्द्रका शिव बहादुर बस्नेत (राजेन्द्र)ले मात्रै जमानत जोगाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया