Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालछत्रपाटी निःशुल्क चिकित्सालयको साधारणसभा

छत्रपाटी निःशुल्क चिकित्सालयको साधारणसभा


काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको साधारणसभा सम्पन्न भएको छ । २०१३ साल माघ २३ गतेदेखि समुदायवाट सञ्चालन हुँदै आएको अस्पतालको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको हो ।

अस्पतालका अध्यक्ष डा. मनोज मान श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाले आर्थिक वर्ष २०७९/८० को कुल आम्दानी आठ करोड ६८ लाख १० हजार तीन सय पाँच रूपैयाँ र कुल खर्च आठ करोड ३४ लाख १९ हजार पाँच सय रूपैयाँ बजेट पारित गरेको छ । यस्तै सभामा अस्पतालकी कोषाध्यक्ष अधिवक्ता सजनी जोशीले आव २०७८/०७९ मा आठ करोड १४ लाख २२ हजार रूपैयाँ कुल आम्दानी र कुल खर्च आठ करोड ९३ लाख ७४ हजार रूपैयाँ भएको जानकारी गराएकी थिइन् । सभाले महासचिव राजेन्द्र प्रसाद मानन्धरबाट प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जोशीबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।

अस्पतालले यस वर्ष ८५ हजार तीन सय ३४ जना बिरामीलाई चिकित्सा सेवा प्रदान गरेको जनाएको छ । त्यसमध्ये पाँच हजार पाँच सय ६४ जनालाई ३८ लाख आठ हजार रूपैयाँबराबरको रकमको विशेष छुट तथा निःशुल्क उपचार सुविधा प्रदान गरिएको थियो । साथै ६१ जना बिरामीलाई ९२ हजार पाँच सय २२ रूपैयाँबराबरको निःशुल्क औषधि वितरण गरेको अस्पतालले जनाएको छ । साथै उक्त सभामा लायन कृष्ण ज्योति शाक्य र कमल शाक्यले निर्माणाधीन माउ बद्री भवनको लागि सात लाख रूपैयाँ तथा लक्ष्मी नकर्मीले २० हजार रूपैयाँ आर्थिक सहयोग गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया