डीएभी विद्यालयमा तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला
काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी सञ्चालन गरेको छ । विश्वको जनसंख्याको २० प्रतिशत हिस्सा न्यूरो डाइभरजेन्ट रहेको र उनीहरुको शिक्षण फरक ढङ्गबाट हुनुपर्ने मान्यता न्यूरोडाइभरजेन्ट विद्वानहरुको रहेको छ । सोही अनुसार गोष्ठीमा मुख्य प्रशिक्षक जोएल एस. गोडीले न्यूरो डाइभरजेन्ट विद्यार्थीहरुको पहिचान, उनीहरुलाई आवश्यक पर्ने शिक्षण विधि र प्रोत्साहनलगायतका विषय प्रस्तुत गरेका थिए ।
विश्वमा स्थापित शैक्षिक प्रणालीले बहुमत जनसंख्याको आवश्यकतालाई सम्बोधन गर्न सफल भए पनि न्यूरोइनक्लुजन धारणा विकसित राष्ट्रमा समेत नौलो रहेको फ्रान्सेली प्रशिक्षक क्याथेरिन गुइमार्डले बताइन् । उनले नेपालमा यस विषयप्रति चासो रहनु निकै खुसीको खबर समेत रहेको बताइन् । डीएभी विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले विद्यालयमा हरेक विद्यार्थीहरु खुसीका साथ पढ्ने अवसर पाउनुपर्ने मत आफूले राख्दै आएको र न्यूरोइनक्लुजन अवधारणाले विद्यार्थीहरुको अन्तर्निहित क्षमता प्रस्फुटन गराउन सहयोग पुग्नेमा विश्वस्त थिइन् । ‘हरेक विद्यार्थीले शिक्षकको मनमस्तिष्कमा रहेको अनुभुति गर्न सक्नुपर्छ’, डा.रावले भनिन् ।
अध्ययनले बताएअनुसार न्यूरोडाइभरजेन्ट व्यक्तिहरुको दिमाग अत्यन्तै सक्रिय रहने गर्दछ र यसलाई उनीहरुको रुचिअनुसार सही दिशानिर्देश गर्नसके उनीहरुले समाज, राष्ट्र र विश्वकै लागि अतुलनीय योगदान पु-याउन सक्छन् । तर यसलाई नबुझी सामान्य व्यक्तिअनुरुप शिक्षादीक्षा दिए उनीहरु जीवनमा असफल रहने अध्ययनले देखाएको छ । प्रशिक्षणको दोस्रो दिन गोडीसँगै अष्ट्रेलियाली प्रशिक्षक वाटाली फीलिप्स—फाउन्डर न्यूरोगीफ्टेड र तेस्रो दिन सारा लुइस फाउन्डर वार्यड डीफ्रेन्टली, यूके र सूइडेनी इलिजावेथ विकल्याण्डरको प्रशिक्षण रहेको थियो । यसैबीच डीएभी विद्यालयका अध्यक्ष अनील केडियाले आगामी शैक्षिक सत्रदेखि न्यूरो डाइभरजेन्ट पाठ्यक्रम तयार पारी शिक्षण प्रक्रिया अगाडि बढाउने जानकारी दिए । अध्ययनले देखाएअनुसार विश्वविख्यात वैज्ञानिक, उद्योगपति, कलाकारलगायत अन्य पेसामा संलग्नहरु न्यूरोडाइभरजेन्ट रहेको मुख्य प्रशिक्षक जोएलले जानकारी गराए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया