आन्तरिक पर्यटकको रोजाइमा गाजीपुर मदनस्मृति पार्क
भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१७ गाजीपुरमा रहेको मदनस्मृति पार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दृश्यावलोकन स्तम्भ (भ्यू टावर) लगायतका भौतिक संरचना निर्माण भएपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।
नारायणी नदी किनारसँगै रहेको यो पार्क जननेता मदन भण्डारीको स्मृतिमा निर्माण गरिएको हो । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा पर्नुभएका भण्डारीको शव यही ठाउँमा फेला परेको थियो । यहाँ नेता भण्डारीको अर्धकदको शालिक बनाइएको छ । पार्कमा चितवन र नवलपुरसँगै नारायणी र चितवन राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्नका लागि स्तम्भ निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गौरस तामाङले जानकारी दिए । उनले नारायणीको बाढी र कटानले सधैँ दुःख दिइरहने तटीय क्षेत्रलाई अहिले पार्कका रुपमा विकास गरिएको बताए । पार्कमा भ्यू टावरसँगै तीन प्रतिक्षालय, पार्कका विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यूटावरको संरक्षणका लागि पर्खाल, गेट र उक्त क्षेत्रमा हिँड्डुल गर्न मोज्याक टायल र आकर्षक रंगीन बत्तीलगायतका संरचना निर्माण गरिएको छ ।
पार्कमा आन्तरिक पर्यटक बढ्न थालेपछि नजिकै चार/पाँच रेष्टुरेन्ट र पसलसमेत सञ्चालनमा आएका छन् । बाटोको दुवैतिर र भ्यू टावरमा राखिएका रंगीन लाइटले पार्कलाई थप मनमोहक बनाएको तामाङले बताए । साँझको समयमा पार्कमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने भन्दै पार्कलाई थप आकर्षक बनाउन हिँड्ने बाटोमा रेलिङ र विभिन्न प्रकारका बिरूवा रोपेर हरियाली बनाउने काम भइरहेको उनले जानकारी दिए । मदन भण्डारीको स्मृतिलाई जीवन्त बनाउन त्यहाँ त्यसबेला जुन अवस्थामा शव देखिएको थियो त्यसैको झल्को दिने गरेर संरचना बनाउने योजना रहेको अध्यक्ष तामाङले बताए । झोलुङ्गे पुलबाट प्रतिमूर्तिसम्म पुगेर अवलोकन गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना रहेको भन्दै उनले गाजीपुर क्षेत्रमा मदन भण्डारी स्मृति पार्क, ‘बायोडाइभर्सिटी’ अनुसन्धान केन्द्र बन्ने जानकारी दिए ।
यहाँ संघ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेर काम भइरएको छ । पार्कलाई थप विस्तार गर्ने तयारी गरिएको छ । दासढुंगादेखि चितवनको पश्चिमी अन्तिम विन्दु गोलाघाटसम्म नदीकिनारको क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमलाई समेटेर एकीकृत विकास योजना अगाडि बढाइएको पार्क निर्माण उपभोक्ता समितिका सदस्य टुकमान गुरूङ बताउँछन् । ‘अहिले पार्कको प्रारम्भिक चरणको विकासको काम भएको छ, अझै धेरै काम हुन बाँकी नै छ, सबै संरचना निर्माण भएपछि यो नमूना पर्यटकीय केन्द्रका रुपमा विकास हुनेछ’, उनले भने ।
मझुवा सामुदायिक वन र दियालो सामुदायिक वन तथा कालाबञ्जर मध्यवर्ती क्षेत्रको नजिक रहेको यस क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना छ । यस क्षेत्रको संरक्षण गरी हिउँदमा देखिने साइबेरियन हाँस, क¥याङकुरूङलगायत धेरै किसिमका चरा, एकसिङ्गे गैँडा तथा गोहीको बासस्थानका रुपमा विकास गर्न सकिने र पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
- कतारका अमिर शेखको स्वागतमा सांस्कृतिक भेषभूषामा नेपाली
- कतारका अमिरको भ्रमणमा श्रम सम्झौता नवीकरण एउटा मुद्दा, नेपाल के चाहन्छ ?
- मोटरसाइकल दुर्घटनामा धनुषाका पत्रकार यादवको मृत्यु
- कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया