बीमा प्राधिकरणद्वारा अख्तियारलाई झुठो विवरणसहितको पत्र
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नियमकीय दायित्व भन्दा विपरित त्रुटीपूर्ण मर्जर गर्ने दुर्ई जीवन बीमा कम्पनीमाथि कारवाही नगरी उल्टै अख्तियारलाई झुठो विवरणसहितको पत्राचार गरेको छ । बीमा प्राधिकरणले सोमबार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराएको लिखित जवाफमा झुठो विवरण समावेश गरेको पाइएको छ ।
सोमबार बीमा प्राधिकरणले नक्सालको टंगालस्थित आयोगको कार्यालयमा लिखित पत्र दर्ता गराएको थियो । अख्तियारले बीमा प्राधिकरणलाई ‘सूर्यज्योति लाइफ मर्जर सम्बन्धमा आवश्यक कारवाही गरी जानकारी गराउनुु’ भन्ने लिखित निर्देशन एक साताअघि दिएको थियो । सो निर्देशनको जवाफमा प्राधिकरणको तर्फबाट सूर्यज्योति लाइफले कानुन बमोजिम नै एकीकृत कारोबार गरेकोले थप कारवाही गर्नु नपर्ने निर्णय भएको व्यहोराको पत्र बुझाइएको आयोग स्रोतले जनाएको छ । सो निर्णय सञ्चालक समितिको बैठकमा पेश नगरी अध्यक्ष सिलवाल आफैले निर्णय गरेर आयोगमा पठाएको जनाइएको छ । अध्यक्ष सिलवालले अख्तियारकै निर्देशन उल्लंघन मात्रै गरेका छैनन, उल्टै आयोगको निर्णयलाई चुनौति दिँदै कारवाही गर्नै नपर्ने पत्र भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकायमा दर्ता भएको छ ।
नेपालको प्रचलित कानुन बमोजिम मर्जरमा जान पछिल्लो वर्षको वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन तथा पछिल्लो साधारणसभा सम्पन्न भएको हुनुपर्दछ । तर, सूर्या लाइफ र ज्योति लाइफले आव २०७८।०७९ को लेखा परिक्षण, वित्तीय विवरण समेत तयार नगरी, कर चुक्ता समेत लिएका छैनन् । कम्पनीले यही पुस ७ गते एकीकृत कारोबार गर्दा १७ महिनाको वित्तीय अवस्था के छ ? लगानीकर्तालाई गोप्य राखिएको छ । आव २०७८।०७९ को वित्तीय विवरण तयार नगरी मर्जरमा गएको भन्दै गत मंसिर २८ गते आयोगमा सूर्य श्रेष्ठले लिखित उजुरी दर्र्ता गराएका थिए ।
बीमा प्राधिकरणको निर्णयसँगै भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुुरुपयोग अनुसन्धान आयोगको निर्णयमाथि चुनौति दिइएको छ । आयोगको निर्णयलाई चुनौति दिने अधिकार नेपालको प्रचलित कानुन र संविधानले कसैलाई पनि दिएको छैन । तर, कानुनलाई छल्लन माहिर सिलवालले आयोगको कारवाही गर्नु भन्ने निर्देशनलाई चुनौति दिँदै कारवाही गर्नै नपर्ने निर्णय गरेर पत्र पठाईदिएका छन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको ठाडो निर्देशनपछि बीमा प्राधिकरणले लेखेको पत्र आयोगमा दर्ता भएसँगै सूर्यज्योति लाइफमा भएको गैर कानुनी कार्यमा बीमा प्राधिकरणको समेत संलग्नता रहेको पुष्टि भएको छ ।
आयोगले छलफल पश्चात कारवाही गर्ने निर्णय गरेरै बीमा प्राधिकरणलाई लिखित रुपमा निर्देशन दिएको थियो । तर, विगतमा आयोगका प्रमुुख आयुक्तलाई आफ्नै सहकर्मी भन्दै तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग मिलेर हिमालयन रि इन्स्योरेन्ससँग सेटिङ गरेका सूर्य सिलवालले यस पटक आयोगलाई नै चुनौति दिन पुगेका छन् । बीमा प्राधिकरणको निर्णयले भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकायको निर्देशनलाई उल्लंघन गरेको विषयमा अध्यक्ष सिलवालमाथि कारवाही होला कि नहोला प्रतिक्षाको विषय बनेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ वाणिज्य बैंक कारबाहीमा
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
- फागुनबाट कुलेखानी–फर्पिङ्ग, कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने
- टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया