स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो सञ्चालनमा
काठमाडौं । दुई नेपाली युवाहरुले स्थापना गरेको स्टार्टअप टिसा नेपालले छाउनीमा बुटिक शोरुम सञ्चालन गर्दै आफ्नो औपचारिक कारोबार सुरु गरेको घोषणा गरेको छ । इन्स्टाग्राममार्फत गरगहनाहरुको बिक्री गर्ने स्टार्टअप टिसा नेपालले आफ्नो बुटिक शोरुम स्थापना गर्दै औपचारिक कारोबार सुरु गरेको हो ।
नेवारी भाषाको शब्द टिसा अर्थात् गहनालाई प्रयोग गरेर विगत एक वर्षदेखि अनलाइनमार्फत गरगहना बिक्री गर्दै आएको टिसा नेपालले हरेक नेपालीसम्म आफ्ना उत्पादन पु-याउने लक्ष्य लिएको छ । सहसंस्थापकहरु अनिश मानन्धर र वर्षा मानन्धरले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा आधुनिक र गुणस्तरीय गहनाहरु उपलब्ध गराउने उदेश्यले संयुक्तरुपमा टिसा नेपाल स्थापना गरिएको जानकारी दिए । ‘हामीले लकडाउनको समयमा यो व्यवसाय सुरु गरेका थियौँ । त्यसबेला अनलाइन कारोबार मात्रै हुने गर्दथ्यो’, सहसंस्थापक वर्षा मानन्धरले भनिन्, ‘अब स्थानीयहरुलाई बुटिक शोरुमबाट समेत सेवा दिनेछौँ ।’ टिसा नेपालले काठमाडौंभित्र अर्डर आएको एक दिनमा नै आफ्ना उत्पादनहरु ग्राहकहरुसमक्ष पु¥याउने गरेको छ भने उपत्यकाभन्दा बाहिर अवस्था र समय हेरेर ग्राहकहरुको माग पूरा गर्दै आएको छ ।
‘हामीले सुरुमा सानो स्केलमा सेवा दिइरहेका थियौँ । तर ग्राहकहरुले हाम्रो गहनाहरु मन पराउनुभएको छ’, सहसंस्थापक अनिश मानन्धरले भने, ‘हामीले अमेरिका, अष्ट्रेलियालगायतका देशहरुमा समेत नेपाली ग्राहकहरुलाई उत्पादन पठाइरहेका छौँ ।’ टिसा नेपालले हाल ग्राहकहरुको माग र रुचिको आधारमा आधुनिक गरगहनाहरु तयार गर्ने र बिक्री गर्दै आएको छ भने आफ्नै डिजाइनहरुमा समेत गहना तयार गरिरहेको छ । ग्राहकहरुलाई आधुनिक गहनाहरुको भेराइटी दिनका लागि कम्पनीले न्यूनतम ४५० रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका गहनाहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।
महंगा सुनका गहना किन्न नसक्ने तर आधुनिक गहना मनपराउने युवा जमातलाई ध्यानमा राखेर टिसा नेपालले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- भगवती लेमिनेट्सको शंकास्पद आगलागी प्रकरणमा शिखर इन्स्योरेन्सको स्वीकृति
- बैंकिङ प्रणालीमा कसरी बढ्यो आठ खर्ब रुपैयाँ निक्षेप ?
- विदेशी लगानी ‘अटोमेसन प्रणाली’बाट ल्याइने
- तरलता व्यवस्थापन गर्न ३५ अर्ब तान्दै राष्ट्र बैंक
- नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्य हुने
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान
- बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य
- उपनिर्वाचनको मौन अवधि आज रातिदेखि
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया