Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘टिकटक कम्पिटिसन’मा मोक्तान सर्वाेत्कृष्ट घोषित

‘टिकटक कम्पिटिसन’मा मोक्तान सर्वाेत्कृष्ट घोषित


काठमाडौं । एसवाई बजार प्राइभेट लिमिटेडको आयोजना भएको टिकटक कम्पिटिसनमा रवीन मोक्तान सर्वाेत्कृष्ट टिकटकर्ता घोषित भएका छन् । घोषितसहित उनी एक लाख ५० हजार रकमसहित पुरस्कृत भएका छन् ।

एसवाई बजार प्रालिद्वारा आइतबार राजधानीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा मोक्तानसहित अन्य १५ जना नगद पुरस्कारबाट पुरस्कृत भएका छन् । पहिलो हुने एक जना, दोस्रो हुने दुई जना, तेस्रो तीन जना, चौथो हुने चार जना र पाँंचौँ हुने पाँंच गरी कुल १५ जनालाई नौ लाख रुपैयाँं नगद पुरस्कार प्रदान गरिएको हो । एसवाई बजार नाइन लाख जिंगल च्यालेन्ज कम्पिटिसनमा सहभागीहरुमध्ये उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरिएको हो । कम्पनीका अध्यक्ष होङ योङ ढोङलगायतका कम्पनीका पदाधिकारीहरुले उनीहरुलाई नगद पुरस्कार वितरण गरेका थिए ।

पहिलो पुरस्कार रविन मोक्तानले एक लाख ५० हजार नगद पाए भने दोस्रो पुरस्कार हेमन्त पाण्डे र अजय श्रीस मगरले प्रतिव्यक्ति एकाएक लाख रुपैयाँ नगद पाए । तेस्रो हुने तीन जना विशेष सिग्देल, रेश्मा राई र गोकुल नकर्मीलाई प्रतिव्यक्ति ७५ हजार नगद वितरण गरिएको थियो । चौथो चार जनाले प्रतिव्यक्ति ५० हजार नगद पुरस्कार पाएका थिए । यस्तै पाँचौँमा पाँच जनाले प्रतिव्यक्ति ३० हजार नगद पुरस्कार पाएका थिए । यसअघि प्रतिस्पर्धीहरुमध्ये पुरस्कृत हुने १५ जनाको नाम छनोट गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया