Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुने

आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुने


काठमाडौं । राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था हटाएसँगै अब अर्थतन्त्र चलायमान हुने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बरले एक वर्षअघिदेखि नै आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन माग गर्दै आएको थियो । हाल पूर्णरूपमा नगद मार्जिनको व्यवस्था हटेकोले अबका दिनमा अर्थतन्त्र चलायमान हुने विश्वास चेम्बरले लिएको चेम्बरद्वारा विज्ञप्तिमा उल्लेख छ ।

चेम्बरले ‘अर्थतन्त्र : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसमक्ष निजी क्षेत्रका विद्यमान समस्या र सुझावबारे सुझाव प्रस्तुत गरेको र लगत्तै राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोको चेम्बरको भनाइ छ । नेपाल राष्ट्र बैंकबाट जारी भएको ‘चालू पुँजी कर्जा मार्गदर्शन २०७९’ परिमार्जन गरी २०८२ असारसम्म पु-याइएकोमा चेम्बरले स्वागत समेत गरेको छ । चालू पुँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरूलाई ४० प्रतिशत नै कायम गर्न र डवल डिजिटको आर्थिक विकास हासिल गर्न सिंगल डिजिटको ब्याजदर कायम गर्न चेम्बरले माग गरेको छ ।

तरलता व्यवस्थापनका लागि पुँजीगत खर्चमा वृद्धि तथा ब्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने चेम्बरले अपेक्षा राखेको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजीगत खर्चको ९० प्रतिशत देखि ९५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थामार्फत परिचालन गर्न सकिएमा यसले बजारमा तरलताको अभाव हुन नदिन सहयोग पुग्ने देखिएकोले यसतर्फ पनि चेम्बरले ध्यानाकर्षण गराएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया