Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुका विद्यालयलाई शैक्षिक सामग्री

सोलुखुम्बुका विद्यालयलाई शैक्षिक सामग्री


सोलुखुम्बु, फागुन ३०
सोलुखुम्बुको चार वटा स्थानीय तहका ६० वटा विद्यालयलाई करिब २१ लाखभन्दा बढीको शैक्षिक सामग्री प्राप्त भएको छ । प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रष्ट नेपालले सोलुदूधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका, लिखुपिके र महाकुलुङ गाउँपालिकाका विद्यालयलाई उक्त सामग्री वितरण गरेको हो ।

विगतलामो समयदेखि सोलुखुम्बुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्थाले जिल्लाको शैक्षिक सुधार गरी सरकारको गुणात्मक शिक्षा पु¥याउने लक्ष्य पूरा गर्नका लागि विभिन्न विद्यालयहरुलाई कापी, पेन्सिललगायत विद्यालयमा प्रयोग हुने विभिन्न किसिमका शैक्षिक सामग्रीहरु उपलब्ध गराएको हिमालयन ट्रष्ट नेपाल सोलुखुम्बुका कार्यक्रम संयोजक नवबहादुर भुजेलले जानकारी दिए । सामग्री हस्तान्तरण गर्दै सोलुदूधकुण्ड नगरपालिकाकी कार्यपालिका सदस्य तथा नगर प्रवक्ता शारदामाया तामाङले ट्रष्टको सहयोगले दुर्गमका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढाइमा सहयोग मिलेको बताइन् । संयोजक भुजेलका अनुसार संस्थाले वर्षौँदेखि शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । संस्थाले कम्प्युटर ल्याब, खानेपानी, विद्यालय भवन तथा शौचालय निर्माणमा सहयोग गरिहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया