इन्जा बौद्धिक अनुसन्धानवृत्ति पत्रकारद्वय नेपाल र तिवारीलाई
काठमडौं । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार पत्रकारद्वय जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार विषयमा विद्यावारिधी (पिएचडी)गरिरहेका पत्रकार नेपाल र पत्रकारिता तथा आम सञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट दर्शनार्चाय (एमफिल) गरिरहेका तिवारीलाई प्रदान गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनालको संयोजकत्वमा गठित सिफारिस समितिले उक्त निर्णय गरेको हो ।
सम्मानित हुने पत्रकार नेपाल हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागमा उपप्राध्यापकको रुपमा कार्यरत हुन् । विसं २०५४ देखि पत्रकारिता सुरु गरेका नेपालले सुरुचि साप्ताहिक, नेपालवाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टेलिभिजनलगायत सञ्चारमाध्यममा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् । उनका हाल पाँच पुस्तकसमेत प्रकाशित छन् ।
त्यसैगरी बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने तिवारीले २०५७ देखि पत्रकारिता सुरु गरेका हुन् । भित्ते पत्रिकाबाट पत्रकारिता सुरु गरेका उनले रुपरेखा साप्ताहिक, माउन्टेन टेलिभजिन, अनलाइन खबर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको सम्पादकको रुपमा कार्यरत छन् । उक्त पुरस्कार इन्जाको स्थापना दिवसका दिन आगामी फागुन १७ गते प्रदान गरिने इन्जा ग्लोबलका सचिव दीपक रिजालले राससलाई जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया