नेपाल ब्राजिल चेम्बर अफ कमर्सको टोली ब्राजिल भ्रमणमा
काठमाडौं । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनबीसीसीआई)को एक प्रतिनिधिमण्डल ब्राजिल भ्रमणमा निस्केको छ । एनबीसीसीआईका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल बिहीबार ब्राजिल प्रस्थान गरेको हो ।
२४ फेब्रुअरी २०२३ सम्म एनबीसीसीआईको १९ सदस्यीय टोली नेपाल र ब्राजिलबीचको व्यापारिक सम्बन्ध अझै थप उचाइमा पु-याउन ब्राजिलका सहर साओ पाउलो र रियो दि जेनेरियोको भ्रमणमा रहनेछन् । साथै उनीहरुलाई ब्राजिलियन राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले एक कार्यक्रमको आयोजना गरी विदाइ गरेका थिए । उमेश रायमाझी र संयोजक निरज तिमिल्सिनाको अगुवाइले भ्रमणलाई थप फलदायी बनाउने विश्वास गरिएको छ ।
भ्रमणको क्रममा, ब्राजिलका व्यापारी प्रतिनिधिहरू तथा ब्राजिलियन एसोसिएसन अफ होटेल इन्डस्ट्रिजका उद्यमीहरूसँग भेटघाटका साथै नेपाल र ब्राजिलबीचको व्यापार अवसरहरू खोज्न नेपाली टोली ब्राजिलका प्रमुख कम्पनीहरूको भ्रमण गर्नेछन् । एनबीसीसीआई नेपाल र ब्राजिलबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवर्द्धन गर्न स्थापना गरिएको गैर–लाभकारी संस्था हो । प्रतिनिधिमण्डल नेपालबाट ब्राजिलको तेस्रो भ्रमण हुने र यसले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया