Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवैतेश्वरमा ७० प्रतिशत घटना न्यायिक समितिले नै मिलाउन सफल

वैतेश्वरमा ७० प्रतिशत घटना न्यायिक समितिले नै मिलाउन सफल


सुबास बस्नेत
दोलखा, चैत ४
वैतेश्वर गाउँपालिकाको न्यायिक समितिले तीन वर्षमा एक सय पाँचवटा स्थानीय विवादका निवेदन आएकामा करिब ८० भन्दा बढी घटना पालिकामै मिलाउन सफल भएको छ । न्यायिक समितिले पछिल्लो समय गाउँघरमा हुने सामान्य घटनाहरूलाई गाउँमै मिलाउन सफल भएका छन् ।

जिल्लाको वैतेश्वर गाउँपालिकामा चालू वर्षको फागुन मसान्तसम्ममा एक सय पाँचवटा घटना दर्ता भएकामा ७० प्रतिशत घटना पालिकामै मिलेको न्यायिक समिति वैतेश्वरका संयोजक रविचन्द्र आचार्यले बताए । गाउँममा स्थानीय सरकार आएको करिब ६ महिनापछि २०७४ साल असोज २४ गते सरकारले गाउँमा हुने सार्वजनिक घटना मिलाउन पालिकाका उपाध्यक्षसहित तीन जनाको न्यायिक समिति गठन गरेर न्यायिककर्ताको जिम्मेवारी दिएको संयोजक आचार्यले बताए ।

गाउँपालिकामा सुरुको वर्ष ०७४ सालमा आलिधुर, जग्गा साद, झै–झगडा, सम्बन्धविच्छेद, ठगी धन्दालगायतका ४५ वटा निवेदन आएकोमा धेरैजसो समस्या पालिकाभित्रै मिलाएर पठाएको बताए । त्यसैगरी ०७५ मा १० प्रतिशतले घटेर ३५ वटा निवेदन परेकोमा ४ वटा जटिलबाहेक अन्य घटना मिलाउन सफल भएको उनले बताए । वैतेश्वर गाउँपालिकामा चालू वर्षको फागुन मसान्तसम्ममा २५ वटा निवेदन दर्ता भएका छन् । पछिल्लो तीन वर्षमा एक सय पाँचवटा निवेदन परेकोमा करिब ७० प्रतिशत घटना पालिकाले मिलाउन सफल भएको संयोजक आचार्यको दाबी छ ।

पालिकाको न्यायिक समितिले मिलाउन नसकेको ३० प्रतिशत घटनाहरूमा धेरैजस्तो जग्गा विवाद, सम्बन्धविच्छेद र ठगीका निवेदन रहेका छन् । जिल्ला अदालत चरीकोटले चालू वर्षमा वैतेश्वर गाउँपालिकको दुईवटा सम्बन्धविच्छेदका मुद्दा मिलाएको छ भने बाँकी १० वटा सुनुवाइ हुन बाँकी रहेको जनाएको छ । वैतेश्वर गाउँपालिकामा सबैभन्दा बढी वडा नम्बर चारबाट जग्गा विवाद, माना चामल भरिपाऊँ र चौपाया विवादलगायतका विषयमा निवेदन आउने गरेको न्यायिक समिति वैतेश्वरले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया