Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोना रोकथामका लागि त्रिनगर भन्सार नाकामा निगरानी कक्ष स्थापना

कोरोना रोकथामका लागि त्रिनगर भन्सार नाकामा निगरानी कक्ष स्थापना


धनगढी, चैत ७
कोरोना भाइरसको सतर्कताअन्तर्गत धनगढीको त्रिनगर भन्सार नाकामा निगरानी कक्ष स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिकाले आवश्यक शैया, स्वास्थ्यकर्मी र औषधिसहितको निगरानी कक्ष स्थापना गरिएको हो । उक्त कक्षमा तीनवटा शैया राखेको र आवश्यकताअनुसार शैयाहरू थप गर्ने व्यवस्था मिलाएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । निगरानी कक्षमा २४ घण्टा नै स्वास्थ्यकर्मी राख्ने व्यवस्था गरिएको छ ।

निगरानी कक्षको अगाडि अत्याधुनिक एम्बुलेन्स, बिरामीलाई आवश्यक पर्नसक्ने सौचालय, खानेपानी सबैको व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए । निगरानी कक्ष नेपाल भारत सीमानामा त्रिनगर भन्सार कार्यालयको नवनिर्मित भवनमा रहेको छ । त्यसैगरी धनगढी उपमहानगरपालिकाले फागुन २४ गतेदेखि नै भन्सार नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट नेपाल भित्रिनेहरूको चेकजाँच गरिरहेको छ ।

कोरोना भाइरस सतर्कताअन्तर्गत नै धनगढी उपमहानगरपालिकामा बुधवार बसेको सरोकारवालाहरूको बैठकले धनगढी बजारका मुख्य चोकहरू, बसपार्कमा प्लाष्टिकका पानी ट्यांकीहरू राखेर हिँडडुल गर्नेहरूका लागि हातधुने व्यवस्था मिलाउने, कोरोनाबाट बच्न सकिने विषयमा प्रचारप्रसार गर्ने, बजारमा हुनसक्ने कालोबजारी नियन्त्रणमा सहयोग गर्ने, हाटबजार, बसपार्कलगायतका ठाउँमा हेल्थ डेस्क राखेर चेकजाँच गर्नेलगायतका निर्णय गरेको छ । बैंकर्स क्लब कैलालीका अध्यक्ष धर्म विष्टले कोरोना अहिले जनस्वास्थ्य क्षेत्रका लागि चुनौती भएकाले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने निर्णय भएको बताए ।

बालाजी सर्जिकलद्वारा गाउन हस्तान्तरण : धनगढीमा रहेको बालाजी सर्जिकल सप्लायर्सले कोरोना चेकजाँचमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि डिस्पोजल गाउन हस्तान्तरण गरेको छ । बुधबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई बालाजी सर्जिकल सप्लायर्सका प्रोप्राइटर करना वर्नवाल र दिपेन्द्रप्रसाद तिवारीले गाउन हस्तान्तरण गरेका हुन् । गाउन स्वास्थ्यकर्मीले बिरामी चेकजाँच गर्दा लगाउने कपडा हो । अहिले बजारमा गाउन पाउन मुस्किल भैरहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया