Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमास्क र सेनिटाइजर अभाव

मास्क र सेनिटाइजर अभाव


सुबास बस्नेत
दोलखा, चैत १०
जिल्लामा मास्क र सेनिटाइजर पाइन छाडेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न मानिसले अत्यधिक रुपमा खोज्ने मास्क र सेनिटाइजर जिल्लामा पाउन छाडेको हो । चरीकोटका आधा दर्जन बढी फार्मेसीमा औषधि समेत पाउन छाडेको छ । सागर फार्मेसी मेडिकलका सञ्चालक हरि गौतमले फार्मेसीमा दैनिक दुई सयभन्दा बढी मानिस मास्क र सेनिटाइजर खोज्न आउने गरेको बताए । कोरोना भाइरस विश्वका धेरै देशमा महामारीको रूपमा फैलिएपछि सरकारले सुरिक्षत रहन नागरिकलाई अपिल गरेको छ ।

धेरै भीडभाडमा हिड्दा मास्क लगाउन तथा सेनेटाईजरको प्रयोग गर्न सरकारले सुझाव दिएपछि यसको अत्यधिक खोजी हो । गौरीशंकर फार्मेसीका सञ्चालक मनोज श्रेष्ठले दुई हप्ता देखी नै मास्क र सेनिटाईजर सकिएको बताए । राजधानीमा नै अभाब भएकोले जिल्लामा पनि अभाब भएको उनको भनाइ छ । चरिकोट बजारका केहि स्थानीयले भने बजारका केहि व्यापारीले मास्क लुकाएर राखेको हुनसक्ने दावी गरेका छन् । जिल्लाको कालिन्चोक गाउँपालिकाकी सीता शिवाकोटीले फार्मेसीहरुले बजारका व्यापारीलाई मास्क दिने गरेको तथा सर्वसाधारणलाई भने नदिने गरेको बताइन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया