Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमित ४५ पुगे सात जना डिस्चार्ज

कोरोना संक्रमित ४५ पुगे सात जना डिस्चार्ज


काठमाडौं,बैशाख ११

बुधबार उदयपुरमा थप तीन जना कोरोना भाइरस कोभिड–१९ का संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका झुल्केमा रहेको मस्जिदमा बसेका र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको हो । ती अधिकांश भारतीय नागरिक छन् ।बुधबारसम्म कोरोना संक्रमितको संख्या ४५ पुगे पनि बुधबार नै थप दुई जना कोरोनाबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा काठमाडौंको टेकु अस्पतालबाट एक जना र धनगढीको सेती अस्पतालबाट एक जना गरी दुई छन् ।

यसअघि धनगढीबाटै दुईजना, काठमाडौंबाट दुई जना र बाग्लुङबाट एकजना डिस्चार्ज भएका थिए । उदयपुरमै मंगलबार ११ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । यसअघि १३ जनामा पुष्टि भएको थियो । यसअघि कोरोना पुष्टि भएका सबै भारतीय नागरिक हुन् । उनीहरु सबैलाई उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।उदयपुरको संक्रमणले नेपालमा कोरोना तेस्रो चरणमा पुगेको अनुमान गरिएको छ । विदेशबाट आउनेलाई कोरोना लागेको छ भने त्यसलाई पहिलो चरण, उनीहरुले आफ्नो सम्पर्कमा आएकाहरुलाई सर्नुलाई दोस्रो चरण र समुदायमा सर्नुलाई तेस्रो चरण भनिन्छ ।

यसैबीच, त्रियुगा नगरपालिकाको ३ नं वडालाई पूर्ण रूपमा सिल गरी त्यहाँका सम्पूर्ण नागरिकको आवातजावतलाई ठप्प गरी आवश्यक सामग्री जनप्रतिनिधिको सहयोगमा प्रहरीले उपलव्ध गराइएको छ । त्यहाँका सर्वसाधारण नागरिकले पनि बन्दाबन्दीलाई पूर्ण पालना गर्दै घरभित्र बसेर पूर्ण सहयोग गरिरहेका छन् । उक्त क्षेत्रमा बस्ने मुस्लिम समुदायका ५२ घरपरिवार र अन्य समुदायका थ्रोट स्वाब नमूना परीक्षण (पिसीआर) गर्ने कार्य द्रुतगतिमा भइरहेको छ । थ्रोट स्वाब लिएको नमूनाको (पिसीआर) परीक्षण विराटनगरको कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा भइरहेको छ । उदयपुर जिल्लामा प्रहरीले बन्दाबन्दीको पूर्ण पालना गराइनुका साथै अति आवश्यक सामग्री खरीद गर्न केही छुट दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया