Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहाकाली अस्पताललाई सेकेण्डहेण्डको भेन्टिलेटर दिने कम्पनीको खरिद सम्झौता रद्द

महाकाली अस्पताललाई सेकेण्डहेण्डको भेन्टिलेटर दिने कम्पनीको खरिद सम्झौता रद्द


धनबहादुर जप्रेल
कञ्चनपुर,बैशाख ११
महाकाली अस्पतालले नयाँ भनेर सेकेण्डहेण्डको भेन्टिलेटर सप्लाइ गर्ने कम्पनीसँग खरिद सम्झौता रद्द गरेको छ । अस्पतालमा भेन्टिलेटर खरिदका लागि जिम्मा पाएको आरजी सप्लायर्स कम्पनीसँगको प्रक्रिया रद्द गरिएको अस्पतालले जनाएको छ । कम्पनीले अस्पताललाई खिइएका सेकेण्डहेण्ड समान दिएपछि अस्पतालले आरजी सप्लायर्स कम्पनीसँगको प्रक्रिया रद्द गरेको हो । काठमाडौँको आरजी सप्लायर्सले भेन्टिलेटरसहितका समान आपूर्तिकर्ता कम्पनीले सम्झौताविनै पुराना खिइएका समान पु¥याएर अस्पतालमाथि घात गरेकाले उक्त कम्पनीसँगको गरिएको पूरै प्रक्रिया रद्द गरिएको महाकाली अस्पतालका लेखा अधिकृत नन्दराज भट्टले बताए । ‘हामीले आरजी कम्पनीसँग गरेको प्रक्रिया रद्द गरेका छौँ, ‘लेखा अधिकृत भट्टले ‘भेन्टिलेटर खरिदका लागि नयाँ प्रक्रिया अघि बढाइसकेका छौँ ।’

सुदूरपश्चिम प्रदेशको समाजिक विकास मन्त्रालयले महाकाली अस्पतालका लागि लागि खरिद गरिदिने भेन्टिलेटर सहितका उपकरणमा बदमासी भएपछि त्यसको अख्तियार लगायत स्वयम अस्पताल प्रशासन व्यवस्थापन समिति र स्थानीयबाट चौतर्फी विरोध भएको थियो । कोरोना भाइरस (कोडिभ १९) रोकथामका लागि मन्त्रालयले महाकाली अस्पतालको आईसीयू सञ्चालनका लागि भेल्टिलेटरसहितका पाँच उपकरण खरिदका लागि गत चैत ११ गते एक करोड बजेट पठाएको थियो ।

अस्पताल प्रशासनले एक करोड बजेटमध्ये कोरोना भाइरस रोकथाम र जोखिम न्यूनीरण उपकरण औजार खरिदका लागि सार्वजनिक खरिद ऐन ०६३ दफा ६६ तथा सार्वजनिक खरिद नियमावली ०६४ को नियम १४५ अनुसार तत्काल विशेष परिस्थितिमा खरिद नगरे भविष्यमा बढी क्षति हुने समान खरिदका लागि प्रक्रिया अघि बढेको लेखा अधिकृत भट्टले बताए । खरिद गर्ने समानको विवरण तयार पारेर एक तहमाथि जानकारी गराई समानको स्टमेट तयार पारिएको थियो । समाजिक विकास मन्त्रालयका इन्जिनियर हरेन्द्र चटौतसहितले स्टमेट तयार पारेका थिए । गत चैत्र १६ मा राष्ट्रिय पत्रिका र सामाजिक विकास मन्त्रालयमा वेबसाइटमा सूचना प्रकाशित गरिएको थियो । चैत २३ सम्म सात दिने प्रक्रिया पूरा गरेर टेण्डर खोलिएको थियो । चैत २४ गते मुल्यांकनसमेतले आरसीको प्रस्ताव स्वीकृत गरेको थियो । २६ चैत्रमा मूल्यांकन समितिले स्वीकृत गरेपछि आरजीले समान आपूर्ति गर्ने जिम्मा पाएको थियो ।

आरजीकै ठेक्का सदर भएकाले महाकाली अस्पताल प्रशासनले सप्लायर्सलाई २८ चैत्रमा तीन दिनभित्र सम्झौता गर्नका लागि पत्र पठाए पनि कम्पनीले सम्झौता नगरी दुई दिनभित्र पुराना समान पठायो । कम्पनीले सम्झौताविनै प्रयोग गरिएका समान अस्पतालमा पु¥याएको भन्दै महाकाली अस्पतालले उक्त समानको स्वीकार नगर्ने जनाएको थियो । महाकाली अस्पतालका निमित्त मेडिकल मेसु डा. हरिकुमार श्रेष्ठले समान पुरानो, खिइएको भएकाले समान स्वीकार गर्न नसकिने बताएका थिए ।

‘एउटा स्टेनमा पूरै खिइएको छ, ‘मेसु श्रेष्ठले भने, ‘यस्तो समान हामीले स्वीकार कसरी गर्ने ।’ स्टोरप्रमुख तिलक जोशीले प्रक्रिया नै रद्द भएपछि आरजीले अस्पतालमा पु¥याएका समानबारे जफतका लागि प्रक्रिया अघि बढाइने बताए । ३० चैतमा मन्त्रालयका इन्जिनियर चटौत र अस्पताल प्रशासनले समान हेरेका थिए । २ वैशाखमा फिलिप्स कम्पनीका इन्जिनियर जय साउदले २ घण्टा मात्रै चलेको बताए । कम्पनीका सञ्चालकले पठाएको समान स्वीकृत नगरे अर्को कम्पनीको दिन सकिने र सोही कम्पनीको दिन नसकिने अस्पताललाई बताएपछि अस्पतालले त्यो स्वीकार गरेको थिएन् । आरजीले पाँच उपकरण सप्र्लायसका लागि ५३ लाख ८७ हजारमा ठेक्का पाएको थियो । कम्पनीले भेन्टिलेटर २६ लाख ३९ हजार, पेसेन्ट मोनिटर दुई थान आठ लाख ७८ हजार, ग्याँस एनालाईजर ११ लाख, ९० हजार र व्रिलेटर छ लाख ८० हजारमा समान खरिद गरेर अस्पतालमा पु¥याइदिएको थियो ।

सामानमा कैफियत देखिएपछि सामाजिक विकास मन्त्रालयका इन्जिनियर हरेन्द्र चटौतले उपकरणको स्थलगत अनुगमन गरेर लिखित प्रतिवेदन तयार पारेका छन् । मन्त्रालयका इन्जिनियर चटौतले बुधबार महाकाली अस्पताललाई लिखित प्रतिवेदन समेत बुझाएका छन् । सामाजिक विकास मन्त्रालयले बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौले दिएको प्रतिवेदनमा ९ बुँदा त्रृटि देखाइएको थियो । प्रतिवेदनमाअनुसार भेन्टिलेटरको ट्रलीबाट ह्विल्ससम्म खिया लागेको, डिस्प्लेय र नोब फोहोर रहेको पाइएको छ । भेन्टिलेटर कोल्याब्रेसन कलिब्रेसन गरेको अवस्था नरहेको, भेन्टिलेटरको देब्रेतिरको भागमा अनुमानित ७–८ सेन्टिमिटर कालो दाग रहेको, कम्तिमा एक घन्टा व्याकप दिने ब्याट्री भएको व्याकअप स्पेसिफिकेशन माग भए पनि सो उपलब्ध नभएको, स्पेसिफिकेशनअनुरूप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले पुरानो प्रयोग भएको समान दिएर अस्पताललाई गुमरामा राख्न खोजिएकाले कम्पनीको प्रक्रिया मात्र रद्द नभई कारबाही गर्नका लागि पहल थालिने बताए । ‘यस्तो महामारीका बेला अस्पतालमाथि घात भनेको जनताको स्वास्थ्यमाथि चरम घात हो, ‘उनले भने, ‘यस्तालाई सरकारी निकायले कारबाही गर्नुपर्छ ।’ महाकाली अस्पतालमा स्वास्थ्य उपकरण सप्लार्यसको जिम्मा पाएका आरजी सप्लायर्स प्रालिका सञ्चालक ज्ञानशंकर देवले कोटेशनबाट कम्पनी छनौट भएपछि काठमाठौँको हस्पीटेकबाट समान खरिद गरेर अस्पतालमा पठाएको बताएका थिए । ‘मैले समान हेरेको छैन,‘उनले भने, ‘२८ चैत्रमा काठमाडौँबाट समान किनेर त्यता पठाएको हुँ ।’ समान मन पर्छ कि पर्दैन भनेर सम्झौता समेत नगरेको उनले बताए । लकडाउनका कारण खरिद गरेको गोदाममा रहेको समान हेर्न नपाएको र सम्झौता गर्न समेत नभ्याएको उनले बताए । समान चित्त बुझे मात्रै सम्झौता गरिने उनको भनाइ थियो । साथै अख्तियार दुरूप्योग अनुसन्धान आयोगले भेन्टिलेटर खरिद प्रक्रियाका सबै कागजात जफत गरेर अनुसन्धान थालेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया