Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविपत् कोषमा दुई करोड ५३ लाख जम्मा गर्ने कोहलपुर नगरपालिकाको निर्णय

विपत् कोषमा दुई करोड ५३ लाख जम्मा गर्ने कोहलपुर नगरपालिकाको निर्णय


बाँके,बैशाख १२

बाँकेको कोहलपुर नगरपालिकाले नगरपालिकास्तरीय विपत् व्यवस्थापन कोषमा २ करोड ५३ लाख जम्मा गर्ने निर्णय गरेको छ ।कोहलपुर नगर कार्यपालिकाको बैठकले विश्व महामारीको रूपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड १९)को संक्रमण जोखिम व्यवस्थापन तथा न्यूनीकरणकालागि स्थापना गरिएको विपत् कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले आव०७६÷७७ मा छुट्याएको लक्षित वर्ग तथा अन्य शीर्षकका योजनाहरू कोरोना भाइरसका कारण कार्यान्वयन हुने अवस्था नदेखिएकाले सोही शीर्षकका बजेटलाई रकमान्तर गरी कोरोना विपत् कोषमा लाने निर्णय गरिएको कोहलपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक डिलबहादुर परियारले जानकारी दिए । जसअन्तर्गत संघीय सरकारबाट प्राप्त वित्तीय सामानीकरणतर्फकोे एक करोड ७५ लाख ५० हजार र राजस्व बाँडफाँडतर्फको ५४ लाख ५० हजार रकम तथा प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड तर्फको नौ लाख रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी आन्तरिक राजस्व बाँडफाँडतर्फ कोहलपुर नगरपालिकाले ३६ लाख बजेट कोषमा जम्मा गर्ने निर्णय गरेको परियारले जानकारी दिए । नगरपालिकाले स्थापना गरेको विपत् कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग गर्ने क्रम बढेको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले बताए । हालसम्म उक्त कोषमा ३० लाख बढी रकम संकलन भइसकेको छ । हाल कोहलपुर नगरपालिकाले प्रायः सबै वडाहरूमा पहिलो चरणको राहत वितरण गरिसकेको छ । पहिलो चरणमा सबै वडाबाट दैनिक ज्यालादारी गर्ने अति विपन्न चार हजार चार सय छत्तीस जनाको नामावली संकलन भएकोमा हाल अन्य थुप्रै छुटेका विपन्नहरूको नामहरू वडा कार्यालयमा दर्ता भएको र तिनीहरूलाई समेत राहत वितरण गर्नुपर्ने अति आवश्यक रहेको वडाका जनप्रतिनिधिहरूले बताएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया