प्रदेश २ सरकारले ‘लकडाउन’मा पनि विकास निर्माणको कामलाई गति दिने
जनकपुरधाम, वैशाख १६
प्रदेश २ मा लकडाउनको समयमा पनि विकास निर्माणको कामलाई निरन्तरता दिइने भएको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले लकडाउनको समयमा पनि पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइने बताएका छन् । लकडाउनको अवधिमा विकास निर्माणको कार्यलाई तीव्रता दिन उनले सरोकारबालाहरूसँग छलफल गरेका हुन् ।
मन्त्री सोनलले भने, ‘कोरोनाबाट जोगिँदै विकास निर्माणको कार्य पनि नरोकियोस् भन्दै तयारी तीव्र पारिएको हो ।’ उनले सडक विस्तारतर्फ प्रदेश २ को एक जिल्लालाई अर्को जिल्लासँग जोड्ने, एक स्थानीय तहलाई अर्को स्थानीय तहसँग जोड्ने, सडक कालोपत्रे गर्नेलगायतको विषयमा छलफल भएको बताए । लकडाउनको अवधिमा विकास निर्माणको कामसम्बन्धी तयारी गर्ने र सम्भव भए काम पनि अगाडि बढाइने उनले जानकारी दिए । छलफलमा मन्त्री सोनलसहित राज्यमन्त्री डिम्पल झा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राजेन्द्र खनाल र महाशाखा प्रमुखहरूलगायतको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया