Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमनोरञ्जनजिपी कोईराला फाउन्डेशन अमेरीकाको नेतृत्वमा वृहत बनभोज

जिपी कोईराला फाउन्डेशन अमेरीकाको नेतृत्वमा वृहत बनभोज


अमेरीका, जिपी कोइराला फाउण्डेशन अमेरीकाको नेतृत्वमा वृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ । न्युयोर्कको क्वीन्सस्थीत क्वीन्सब्रीज पार्कमा गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको संयोजनमा क्वीन्स् टुगेदर, कोलीएसन अफ एशीएन अमेरीकन फर सिभिल राईट्स् र मोरंग समाजको समेत सकृय सहभागितामा वृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ । मिनी संयुक्त राष्ट्र खाद्य र संगीत महोत्सव, वनभोज एवं सांगीतीक कार्यक्रम तथा योगाप्रशीक्षण समेत गरीएको थियो। कार्यक्रममा “मिनी युनाईटेड नेशन्स् फुड एन्ड म्युजीकल फेस्टीवल” नामाकरण दिईएको सो कार्यक्रममा नेपाल, अमेरीका, क्यानडा, भारत, चीन, वंगलादेश, अजरबैजान, घाना, पाकिस्तान, भुटान, गायना, फिलीपिन्स, स्पेन, म्यान्मार, दक्षिण अफ्रिका, जापान, कोरिया, कम्बोडिया, अफगानिस्तान र श्रीलंका लगायतका देशहरुका प्रतिनीधीहरु लगायत स्थानीयवासी क़रीब ४५० जनाको संख्यामा उपस्थिति रहेको थियो।

विहान करीब ११ बजे न्युयोर्क राज्यका माननीय सिनेटर ज़ोन लु ले सो कार्यक्रमको औपचारिक उदघाटन गर्नुभएको थियो र अमेरिकीराष्ट्रीय गान ओपेरा गायीका एभोईल जोसेफले गाइन भने युनाईटेड नेशन्सका धार्मिक एवं योगा गुरू श्रीदिलीपकुमार थंकपानलेशंखधुनका साथ मंगलपाठ एवं शान्तीस्तोत्र मन्त्रोच्चारणगरी कार्यक्रम शुभारम्भ गरीएको थियो।

सो कार्यक्रममा उद्घाटन मन्तव्य दिंदै सिनेटर लु ले नेपाललाई विश्वसमुदायसँग जोड्न यो र यस्तो कार्यक्रमले विशेष भुमीका खेलेको रआफुले पछिल्लो दशकदेखी नेपाली समाजको सामाजिक एवं सांस्कृतिक कार्यक्रमहरूबारे चिन्ने र बुझ्ने मौकापाएको, जिपीकेफाउन्डेशनले अमेरीकामा सामाजिक कार्यहरूमा अग्रणी भुमीका निर्वाह गर्दै आएकोमा उच्च प्रशंसासमेत गरेका थिए।

यस्तै न्युयोर्कक्वीन्सकी डिष्ट्रीक्ट एटोर्नी मेलीन्दा काजकी कम्युनिटी डाईरेक्टर रोकया अख्तरले कार्यक्रममा बोल्दै आजको यो कार्यक्रमको भेषभुसा रसंस्कृतीक विभीधताभीत्रको एकता देख्दा आफुलाई खुशी एवं आश्यर्चसमेत लागेको र यो विशेष संयोजनको लागी जिपी कोईरालाफाउन्डेशन अमेरिकालाई धन्यवाद दिए। कार्यक्रममा शुभकामना दिने क्रममा संयुक्त राष्ट्रका लागि विश्व जन परिषदकी अध्यक्षशेरिल कजानले बोल्दै जिपिके फाउण्डेशनले आज गरेको “मिनी युनाईटेड नेशन्स् फुड एन्ड म्युजीकल फेस्टीवल” नै हामी सबैलाई एउटाप्रेरणाको स्रोत भएको भन्दै आंफु कैंयौं कार्यक्रमहरुमा भाग लिएको स्मरण गराउॅंदै, आजको यो कार्यक्रम अति स्मरणिय र सानो संयुक्तराष्ट्र संघ यही छ, भनेका थिए।

उक्त कार्यक्रमको संचालन फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले गरेका थिए भने, सहसंचालीका को रूपमा पुजा कुँवर क्षेत्री रहेकि थिइन।कार्यक्रमको शुभारम्भपुर्व अध्यक्ष घिमीरेले कार्यक्रमको उद्देश्य र महत्ववारे प्रष्ट पार्दै विविधतामा एकताले शान्ति, समृद्धि र प्रगति ल्याउने कुरालाई जोड दिएका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथीको रूपमा न्युयोर्क राज्यका गभर्नर र न्युयोर्कका मेयरलाई आमन्त्रित गरीएको थियो तर उनीहरुको कार्यव्यस्तताले नआएपनि उनीहरुका प्रतिनिधि अधिकृतहरू क्रमशःन्युयोर्क राज्यका गभर्नर कार्यालयकी एसियन एफियर्स निर्देशकएलियन फेन, न्युयोर्कका मेयर ऐरिक अडाम्सको कार्यालयकी साउथ ऐसियन कम्युनिटी डाईरेक्टर सुकरेन धनपथ, न्युयोर्कका मेयरऐरिक अडाम्सको मानव अधिकार कार्यालयकी डाईरेक्टर फ्लोरा फ्रगं उपस्थित भै उनीहरुको तर्फवाट कार्यक्रम सफलताको शुभकामनाव्यक्त गरेका थिए। यसैगरी कार्यक्रममा न्युयोर्क क्विन्सकी सिभिल कोर्टकी न्यायाधीश आन्ड्रीया सोवीता वोग्ले, न्युयोर्कसिटीकी काउन्सीलमेम्बर जुली वन र न्युयोर्क राज्यका ऐसेम्ब्ली मेम्बर स्टेभन रागाको पनी उपस्थिति रहेको थियो र उनीहरुले कार्यक्रममा बोल्दै शुभकामना प्रकट गरेका थिए।

नेपालका पुर्व सांसद विजुल विश्वकर्मा, नेपाल बार एशोशीएसनका पुर्व अध्यक्ष एवं प्राध्यापक तथाबरीष्ठ कानुनविद शेर बहादुर केशी, नेपाल भिजनका अध्यक्ष मोहन श्रेष्ठ, तामांग समाज अमेरिकाकी अध्यक्ष विनीता तामांग, तमुपरिवार न्युयोर्क अमेरिकाकी अध्यक्ष मनीता गुरूंग, युनाईटेड शेर्पा एसोसिएशनका पुर्व अध्यक्ष उर्गेन शेर्पा, नेपाल क्लाईम्वर्सएशोसिएसनका अध्यक्ष पासांग निमा शेर्पा, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष निशा सुनार, नेपाली अमेरिकन कलाकार संघका उपाध्यक्ष द्वय ऐटना कार्की र बिमल डांगी, महासचिव संगीता थापा, भुटानिज ऐसोसियसन अफ ऐक्रोन ओहायोका अध्यक्ष मनोरथ खनाल, क्वीन्स् टुगेदरका संस्थापक अध्यक्ष जोनाथन फोर्गास, कोलीएसन अफ एशीएन अमेरीकन फरसिभिल राईट्सका संस्थापक अध्यक्ष ऐन्डी चान, वाल स्ट्रीट न्युज ऐजेन्सीका अध्यक्ष एंव २०२३ मिस एसियन पिजेन्टका चेयरमेनयुजियागं मिन, नाभाका संस्थापक अध्यक्ष र अमेरिकी डेमाक्र्याट राजनीतिज्ञ दिलिप नाथ, आवर कलेक्टिभका संस्थापक डा. लियगं यिगं, रेडकमका अध्यक्ष डा। राफायल वलुसा र संस्थापक डा.डेवी ओलुसा, स्पेनकी राष्ट्रीयअभिनेत्री, रेडियो, टिभी होस्ट, कार्यक्रम निर्माता एंव ब्रान्ड एम्बेसेडर सुश्री जोसेन एस्पिनल, अन्तर्राष्ट्रिय गायक रोनाल्डो आवय र मोरंगसमाज अमेरिकाका प्रतिनिधीहरु बुध्द पौंडेल, हेमु ओझा, सीता ओझा, ससांग ओझा, लोक बि कार्की, मणि पोखरेल, रोशन कँडेल, रुद्रराउत, सुशीला पौडेल, बबिना पौडेल, ब्रायना पौडेल, बिजेश पौडेल, फधिरा अधिकारी, मुना पाख्रेल र रमा अधिकारी, ऐसियन अमेरिकनकल्चरल डान्सकी कार्यकारी निर्देशक किट्टी लिन, ईन्टरनेशनल पुलीस एण्ड भेटेरन्स फाउण्डेशनका अध्यक्ष माईकल चेउगं, मिनी नेपालटिभी अमेरिककी संस्थापक अध्यक्ष एंव २०२३ मिस एसियन पिजेन्टका मेडिया संयोजक सुनीता शर्मा कोईराला, मकैंहाउस मेडियाका संस्थापक कार्यकारी निर्देशक एंव नेपाली अमेरिकन कलाकार संघका उपाध्यक्ष बिक्की पुलामी लगायतको उपस्थिती रहेको थियो भने मिसईमिग्रेन्ट अमेरिकाकी संस्थापक मेगदालेना कुलिज र उनको संस्थावाट ७ वटा विभिन्न देशको राष्ट्रिय पोशाक पहिरन सहित उपस्थिभएका थिए ।

यसै क्रममा न्युयोर्क सिटी मेयरको कार्यालयबाट मेन्टल हेल्थ सम्बंधी जानकारीमुलक सुचना टेबल राखेर मित्सु पुरी, जियाङ वाङ र दीपक चौधरीले मेन्टल हेल्थ सम्बंधी उपस्थित सबैलाई सूचना प्रवाह गर्नु भएको थियो।

नेपालीहरुका ज्याक्सन हाईट्सका मेयर केशवराम राई, डिजिटल ब्रिजेज्स फर नेपालका संस्थापक अध्यक्ष सर ऐडमन्ट ऐन्टईन, समाजसेवीहरू जपनित सिंह, श्याम कार्की, वीरेन्द्र मानन्धर, एनआरएन नेता एवंअभियन्ताहरू रामहरी अधिकारी, दुर्गेशजंग कार्की, निल त्रिवेदी, शिव वाँनीया, यम अधिकारी, विजय थुलुंग, राजु रौनीयार, मीन खड्का, वरिष्ट कलाकारहरू क्रमशः राज कपुर, गोविन्द राई, शंकर विसी र सपनाश्री साथै लोकप्रिय नेपाली लोक कलाकारको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : मनोरञ्जन, समाचार

तपाईको प्रतिक्रिया