उपभोक्ता संरक्षण महासंघको साधारणसभा हुँदै
काठमाडौं । आम उपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहीन, अखाद्य वस्तु तथा सेवाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खबरदारी गर्दै आएको नेपाली उपभोक्ता संरक्षण महासंघको साधारणसभा यही साउन २६ गते गर्ने भएको छ ।
महासंघको केन्द्रीय कार्यालय बिजुलीबजारमा बसेको केन्द्रीय समितिको बैठकले दोस्रो साधारणसभा साउन २६ गते काठमाडौंमा गर्ने निर्णय गरेको महासंघका केन्द्रीय सदस्य विष्णु गिरीले जानकारी दिए । गिरीका अनुसार साधारणसभा सफल बनाउन विभिन्न समितिहरू पनि गठन गरिएको छ । बैठकले सूचना तथा सञ्चार समिति संयोजक लुमडी ब कार्की, अर्थ व्यवस्थापन समिति संयोजक दुर्गा थापा, मञ्च व्यवस्थापन समिति संयोजक अर्जुनकुमार श्रेष्ठ, स्वयमसेवक समिति संयोजक सोभितमान गिरी, अतिथि सत्कार समिति संयोजक सुष्मा रावललाई तोकेको छ । महासंघका अध्यक्ष चन्द्र साउदले सबैखाले भ्रष्ट र कालो बजारीयालाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले अधिकारसम्बन्धी बजार अनुगमन समिति गठन तथा उपभोक्ता मन्त्रालय स्थापना गर्न माग गरे । अध्यक्ष साउदले कालोबजारी गुणस्तरहीन वस्तु तथा सेवाको पूर्ण निष्कृयता, उपभोक्ताको हकहितको लागि जनस्तरको खबरदारी गर्ने उद्देश्यले महासंघको स्थापना बताए ।
महासंघका प्रवक्ता लुमडीबहादुर कार्कीले नेपालको कालोबजारी, भ्रष्टाचार, गुणस्तरहीन अखाद्य–विषादी वस्तुको निर्मुलीकरण गरी सर्वसाधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघ लागि परेको बताए । देशमा व्याप्त चरम महँगी, कालोबजारी, भ्रष्टाचार, नैतिक स्खलन, अराजकताबाट देशलाई कसरी जोगाउने भन्ने बारेमा आफू लागिपरेको प्रवत्ता कार्कीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया