Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिनिधिसभाको बैठक स्थगन

प्रतिनिधिसभाको बैठक स्थगन


काठमाडौं । सोमबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक मङ्गलबार बस्नेगरी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतकहरुसँग छलफल गरे पनि निष्कर्ष निस्कन नसकेकाले बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

सोमबारका लागि तय भएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले बैठक यही साउन १६ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसदका महासचिव डा..भरतराज गौतमले जानकारी दिए ।

सोमबारको बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने र ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार र सोमबार पनि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे पनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया