प्रतिलिपि अधिकार कार्यालयको विज्ञमा क्यानका महासचिव अधिकारी
काठमाडौं । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ ।
संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको कार्यालयले रचना दर्ताअन्तर्गत सफ्टवेयर प्रणालीको दर्ताका सम्बन्धमा पेस भएका कागजातलगायतको अध्ययन तथा प्रमाणीकरणका लागि अधिकारीलाई विज्ञमा मनोनयन गरेको हो । सफ्टवेयरका सोर्सकोड, आइडिया, प्रडक्टलगायत सूचना प्रविधिमा आधारित वस्तु तथा सेवामा आफ्नो प्रतिलिपि अधिकार कायम राख्न चाहने व्यक्ति तथा संस्थाले पेस गरेको कागजातको अध्ययन तथा प्रमाणीकरणमा विज्ञ अधिकारीले सहजीकरण गर्ने बताइएको छ ।
साथै, आईटी क्षेत्रमा अनाधिकृत प्रतिलिपि, वितरण र तिनीहरूको कामको प्रयोगलाई नियन्त्रण गर्न र सिर्जनाकर्ताको अधिकार संरक्षण तथा उचित क्षतिपूर्ति सुनिश्चित गर्न आफूले सहयोग गर्ने अधिकारीले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया