Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछानबिन आयोग गठन प्रक्रिया अघि नबढाए संसद चल्न नदिने एमालेको अडान

छानबिन आयोग गठन प्रक्रिया अघि नबढाए संसद चल्न नदिने एमालेको अडान


काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाएसम्म संसद चल्न नदिने नेकपा एमालेले अडान कायमै राखेको छ । आफूहरुको माग पूरा नभएसम्म संसद् चल्न नदिने एमालेको अडान रहेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए ।

गत साउन २ गते एकसय किलो तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा गृहमन्त्री, अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै एमालेले गत साउन १० गते बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गरेको थियो भने साउन १५ गतेका लागि तय भएको बैठक एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया