‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार’
वाशिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएका छन् ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि युएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा तयार पारिएको नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी श्रव्यदृश्य सामग्रीको मङ्गलबार वाशिङ्गटन डिसीमा शुभारम्भ गर्दै राजदूत खत्रीले नेपालको प्राकृतिक सम्पदाको प्रचुरता र नेपाली संस्कृतिको विविधताले विश्व समुदायमा सदैव प्रशंसनीय भूमिका निर्वाह गरेको बताए । राससका अनुसार नेपालको प्रजातान्त्रिक प्रक्रिया र आर्थिक सुदृढीकरणले बाह्य लगानीका लागि ढोका खुला गरेको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले युएसएआइडीले नेपालको विकासका लागि प्राथमिकतामा राखेका क्षेत्र कृषि, पर्यटन र सूचना प्रविधि भएको बताए । उनले भने, “युएसएआइडीले नेपालको पर्यटन बोर्डसँग मिलेर पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न पाएकामा हामी खुसी छौँ । आगामी दिनमा युएसएआइडीले नेपालको विकासका लागि सहयोग जारी राख्ने कौरले बताए ।
अमेरिकी टिभी च्यानल पिविएसले नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी श्रव्यदृश्य सामग्री पाँच शृङ्खला तयार पारेर विभिन्न ठाउँमा प्रसारण गर्ने छ । पिविएस च्यानलका कार्यक्रम प्रस्तोता तथा कार्यकारी निर्माता डेनिस व्होले तयार पारेको उक्त सामग्री अन्यत्र पनि प्रदर्शन गरिनेछ । कार्यक्रममा नेपालका लागि अमेरिकाका पूर्वराजदूत पिटर वोडे, एनआरएनका अध्यक्ष डा. अर्जुन वञ्जाडे, दूतावासका अधिकारीलगायतको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
- कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
- राजश्व छलीका ८० थान मोबाइलसहित एक जना पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया