‘नक्कली मोही’ बनेर जग्गा हिनामिना गरेको आरोपमा पक्राउ
काठमाडौँ । सकलानन्द महर्जन र सञ्जय महर्जन दाजुभाइ बालुवाटारस्थित ‘ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा थुनिएका छन् । उनीहरूलाई ललितपुरको कुपण्डोलबाट केन्द्रीय अनुसन्धान ब्युरोले साउन ८ गते पक्राउ गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले ‘नक्कली मोही’ बनेर जग्गा हिनामिना गर्न उनीहरूको संलग्नता देखिएको बताएका छन् । ललिता निवास क्याम्प भित्रको २ रोपनी १२ आना जग्गा मोहियानी हक बापत महर्जन परिवारको नाममा ल्याएको भेटिएको छ ।
‘पशुपति टिकिन्छा गुठी’ नामको नक्कली गुठी खडा गरेर महर्जन परिवारलाई ‘मोही’ कायम गर्ने भूमिका रामकुमार सुवेदीको थियो । बिचौलिया रामकुमार सुवेदीले २०६३ सालमा जग्गा महर्जन परिवारको नाममा आएपछि ‘निजलाई नै बिक्री गर्नुपर्ने शर्त’ राखेर ७५ हजार बैना दिएर पशुपति टिकिन्छा गुठीको नाममा दर्ता कायम गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया